×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माधव नेपालले घुर्काएरै पाए मुख्यमन्त्री

१९ चैत्र २०८०

१९ चैत ,काठमाण्डौ।

गठबन्धन फेरिएपनि लामो समयदेखि प्रदेश सरकारका विषयमा भागबन्डा नमिलेको सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो ।

Advertisement
Advertisement

नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो । बालुवाटारमा तीन नेताहरुबीच सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको नेपा एसका नेताहरुले बताएका छन् । सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

उनलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ । आलोपालो मुख्यमन्त्री पाउने भएपछि मात्रै नेकपा एसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएको थियो ।

प्रदेश भागवण्डा मिलाउन हिजो (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष तहका नेताहरु छलफलमा बसेपनि बैठकमा नेकपा एकीकृत समाजवादीको अडानका कारण कुनै निष्कर्ष निक्लिएको थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक प्रदेशको नेतृत्वको अडान नछोड्दा अनिर्णित बनेको बैठक सोमबार बिहान बसेरमा निष्कर्षमा पुगेको हो ।

बैठकमा एउटा प्रदेशको नेतृत्व पाए विश्वासको मत दिने, नपाए सरकारमै सहभागी नहुने चेतावनी समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दिँदा प्रदेशका सांसदहरू अलमलमा थिए। हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न नसकिने पाण्डेले बताउदै आएका छन् । उनले विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्ड नै इमान्दार नभएको भन्दै अब उधारो सहमति मान्य नहुने बताएका छन् ।

तर केन्द्रीय नेताहरूले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सहमति जुटेको समाजवादी बागमती संसदीय नेता कृष्ण प्रसाद खनालले बताएका छन् । बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमतिसमेत भएको उनले बताएका छन् ।

Advertisement

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको छ । बागमतीमा समाजवादीको ७ सिट छ। मधेसमा पनि समान ७ सिट नै छ। जसपाले नेतृत्व छाड्ने सम्भावना क्षीण रहेकाले समाजवादीले बागमतीमै दाबी गरेको थियो। तर केन्द्रको निर्णयअनुसार ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको समाजवादीले मुख्यमन्त्री पाउने भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top