×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

७ दिनसम्म हावाहुरी, चट्याङ र वर्षा

२३ चैत्र २०८०

२३ चैत , काठमाण्डौ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण आज सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार भने आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको छ ।

शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ । यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ ।

Advertisement
Advertisement

तराईमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । भैरहवा, धनगढी, नेपालगञ्ज र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top