Nepal Times
Nepal Times
3
Shares

नेपाल ए को ब्याट नै चलेन, एक दिवसीयमा ६० रनमै अलआउट

नेपाल ए को ब्याट नै चलेन, एक दिवसीयमा ६० रनमै अलआउट

२३ चैत , काठमाण्डौ ।
आयरल्यान्ड एसँग दोस्रो एक दिवसीय खेलमा पनि नेपाल ए ११४ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ६० रनमै अलआउट भयो । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो सयम क्रिजमा टिक्न सकेनन् । नेपालका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । ब्याटिङ पुनः चल्न नसकेपछि आयरल्यान्ड वुल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवसीय शृंखला पनि कब्जा गरेको हो । नेपाल एका लागि भीम सार्कीले १७ रन र विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाल एका ५ जना खेलाडी शून्यमै आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड एले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो । आयरल्याण्ड एका लागि गेभिन होयले सर्वाधिक ५० रन बनाए । नेपाल ए पहिलो खेलमा पनि पराजित भएको थियो । टि–२० शृंखला २–१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २–० ले कब्जा गरेको हो ।

नेपालले आजको खेलमा अर्जुन कुमाल, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको थियो । नेपालका लागि कप्तान विनोद भण्डारी, नरेन भट्ट, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन् । नेपाल पहिलो २१ रनले पराजित भएको थियो ।

वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको थियो । एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।

यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो । नेपाल र आयरल्यान्डबिच खेलवटा खेलको एकदिवसीय शृंखला खेलिने छ । तेस्रो एकदिवसीय खेल भने आइतबार खेलिने छ । यसअघि खेलिएको तीनवटा खेलको टी–२० शृङ्खलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.