विराटको शतक खेर गयो ,राजस्थानसंग हार्यो आरसिबी

२४ चैत ८०, आइतबार

२५ चैत , एजेन्सी ।

इंडियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो । आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि जोश बटलरले शतक बनाए । बटलरले अन्तिम बलमा शतक पुर्याए ।

६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए । अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो । यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए ।

Advertisement

आरसीबीका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १–१ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसीबीका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए ।

तर अन्य ब्याटर चल्न नसक्दा आरसीबीले अझ ठूलो योगफल खडा गर्न सकेन । राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए । जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसीबी आठौं स्थानमा छ । आईपिएलमा आज दुई खेल हुँदै छन् ।

Advertisement

पौने ३ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका पौने ८ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने–सामने हुने छन् । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच मुम्बईस्थित वानखेड स्टेडियममा खेलिने छ । मुम्बई पाँच पटकको उपाधि विजेता क्लब हो । तर, आईपीएलको जारी संस्करणमा भने मुम्बईको प्रदर्शन निकै निराशाजनक देखिएको छ ।

जारी संस्करणमा मुम्बईले यो चौथो खेल खेल्न लागेको हो । यसअघि खेलिएका तीनवटै खेलमा मुम्बई पराजित भएको छ । हालसम्म खाता खोल्न नसकेको मुम्बई तालिकामा सबैभन्दा तल छ । हालसम्म अङ्क बटुल्न नसकेको एकमात्र टोली मुम्बई नै हो । दिल्लीले भने जारी संस्करणको आईपीएलमा आफ्नो पाँचौँ खेल खेल्न लागेको हो ।

यसअघि खेलिएको चारमध्ये एक खेलमा दिल्ली विजयी भएको छ । बाँकी तीन खेलमा भने दिल्लीले हार भोगेको छ । दिल्लीले पनि जारी संस्करणमा गतिलो प्रदर्शन गर्न सकेको छैन । यी दुई टोलीबिच आईपीएलमा हालसम्म खेलिएको खेलमा मुम्बई अगाडि देखिन्छ । आईपीएलमा हालसम्म यी दुई टोलीबिच कुल ३३ वटा खेल खेलिएको छ ।

त्यसमध्ये १८ खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । बाँकी १५ खेलमा भने दिल्लीले सफलता हात पारेको छ । वानखेड स्टेडियममा भने हालसम्म नौ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा मुम्बई इन्डियन्स र तीन खेलमा दिल्लीले जित हात पारेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top