अपराजित कोलकातालाई चेन्नईको चुनौती

२५ चैत ८०, सोमबार

२६ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिगमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो खेल हुनेछ । टोलीले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन ।

चेन्नईका मुस्ताफिजुर रहमानले आजको खेल खेल्ने कि नखेल्ने भन्ने टुंगो लागेको छैन । उनले हैदरावादविरुद्धको पछिल्लो खेल खेलेका थिएनन् । मुस्ताफिजुर अमेरिकामा हुन लागेको टी–२० विश्वकपका लागि भिसा लिन बंगलादेश गएका छन् । आईपीएलमा हालसम्म यी दुई टोलीबिच २९ खेल खेलिएका छन् । चेन्नईले १८ र कोलकाताले १० खेलमा जित हात पारेको छ । एक खेल अनिर्णित रह्यो ।

विशेष कुरा के छ भने कोलकाताले सन् २०१२ मा फाइनलमा चेन्नईलाई हराएर पहिलो उपाधि जितेको थियो । एमए चिदम्बरममा यी दुईबीच १० वटा खेल भएका थिए जसमा चेन्नईले ७ र कोलकाताले ३ खेल जितेका छन् । चेन्नईले जितसँगै सिजनको सुरुवात गरेको थियो । टोलीले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र दोस्रो खेलमा गुजरात टाइटन्स (जीटी) लाई पराजित गरेको थियो ।

तर, त्यसपछि टोलीले लगातार २ खेलमा हार बेहोरेको छ । चेन्नई दिल्ली र हैदरावादसँग पराजित भएको थियो । टोलीका लागि शिवम दुबेले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा १४८ रन बनाएका छन् । पछिल्लो खेल नखेल्ने मुस्ताफिजुर रहमान ७ विकेट लिएर टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् । यस्तै कोलकाताले सिजनको पहिलो तीन खेल जितेको छ ।

टोलीले पहिलो खेलमा सनराइजर्स हैदराबाद, दोस्रोमा रोयल च्यालेन्जर्स बैंग्लुरु र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । सुनिल नरेन यस सिजन टिमका सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले ३ खेलमा १३४ रन बनाएका छन् । बलरमध्ये आन्द्रे रसेलले सर्वाधिक ५ विकेट लिएका छन् । हिजो भएको दुई खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हरायो ।

यो सिजनमा मुम्बईले यो पहिलो जित हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सयब ५ रन मात्र बनाउन सक्यो । यस्तै अर्को खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गर्यो । लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top