रुसमा बाढीले संकटकाल घोषणा, अमेरिकामा पनि आँधी

२९ चैत ८०, शुक्रबार

३० चैत , एजेन्सी ।

युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला खराब मौसमको चपेटामा परेको छ । औसत तापक्रममा लगातार वृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आएका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् । यसैका कारण ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।

सबैभन्दा बढी प्रभावित पश्चिमी ओरेनबर्ग क्षेत्रमा सात हजार ८०० मानिसलाई विस्थापित गरिएको छ । क्षेत्रीय सरकारका अनुसार, उरल नदीमा पानीको स्तरले सीमा नाघेको छ । निकट भविष्यमा यस क्षेत्रमा ठूलो बाढी आउने अनुमान छ । कुर्गन क्षेत्रमा ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर वादिम सुम्कोभले बताए ।

Advertisement

ट्युमेन क्षेत्रमा इशिम र टोबोल नदीहरूमा पानी एकैदिनमा ५६ सेन्टिमिटर र २२ सेन्टिमिटरले बढेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढी अप्रिल २३ देखि २५ सम्म झनै बढ्ने अनुमान गरिएको छ । त्यहाँ आएको बाढीबाट जोगाउन बिहीबारसम्म कम्तीमा १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

रुसका धेरै क्षेत्रमा पानीको सतह बढ्दै गएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । उता टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एकजनाको मृत्यु भएको छ । १० जनाभन्दा बढी घाइते छन् । क्षेत्रभर १०० भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौँ मानिस विद्युत्को पहुँचबाट टाढिएका छन् ।

Advertisement

मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एकजनाको मृत्यु भएको बताइएको छ । हालसम्म तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । यता पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।

बुधवार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको इधी उद्धार संस्थाका स्थानीय प्रतिनिधि अब्दुल हकीमले बताए । चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताए । सूचना पाएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको थियो ।

उनीहरूलाई थप उपचारको लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top