×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

शेखरले भने अब सुध्रियौं,स्वार्थ छाडौं

१ बैशाख २०८१

१ वैशाख , काठमाण्डौ ।
राजनीतिक स्थायित्व र विकासका लागि नेपाली काग्रेस र नेकपा एमाले बीच सहकार्यको विकल्प नरहेको बताउँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै यो आक्रमणलाई निस्तेज पार्न राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै उनले भनेका छन्– राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ । राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नुहुँदैन ।

Advertisement
Advertisement

राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नहुने बताए।विज्ञप्तिमा भनिएको छ,’ हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथीको खतरा बढेर जानेछ ।

संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछौं । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ ?’ राजनीतिकर्मीहरुले प्राथमिकतामा सधै आफू र आफ्नो दललाई मात्रै हेरेकै कारणले जनतामा चरम निराशा पैदा भएको उल्लेख गरेका छन्।

‘देशभित्र आमनागरिक, बुद्धिजीवी, व्यापारी, उद्योगपति, कर्मचारी लगायत सबैले समर्थन गरेकोलाई मात्र अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्छन्, देशमा लगानी आउँछ र उत्पादन बढेर रोजगारीको अवसर सृजना हुन्छ । यो ‘इको सिस्टम’ निर्माण गर्न जति चाँडो सम्भव भयो नयाँ वर्षको उमंग र उल्लास त्यति नै दिगो हुन्छ ।

दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न तबमात्र सम्भव हुन्छ’ कोइरालाले उल्लेख गरेका छन्। नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको उल्लेख गर्दै यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘आमनागरिक, निजीक्षेत्र, राजनीतिकर्मी, कर्मचारीतन्त्रलगायत सबै पक्षले एकता, सहकार्य र संकल्प गर्दै देश विकासमा अगाडि बढौँ र भनौँ हामी राष्ट्र निर्माण गर्न सक्छौं ।’

दुई दिन अघि मात्रै कोइरालाले लुम्बिनीमा संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने भन्दै त्यसका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताएका थिए । त्यसअघि विराटनगरमा पािन उनले कांग्रेस र एमाले मिल्नुपर्नेम जोड दिएका थिए । उनको यो अभिब्यक्तिलाईभने कतिपयले आफ्नै पहलमा विद्रोह गरी कोशी प्रदेशमा बनेको कांग्रेस नेतृत्वको सरकार जोगाउने कसरतका रुपमा ब्याख्या गरिएको छ ।

Advertisement

उनले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको भन्दै निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको बताउदै आएका छन् । यसअघि पनि कांग्रेस एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउँदै आएका उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top