इरानले इजरायलमा गर्याे मिसाइलको वर्षा

२ वैशाख ,एजेन्सी ।

अमेरिकाले समयसीमा सहित कुनैपनि बेला इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने चेतावनी दिइरहेका बेला इरानले शनिबार राति इजरायलमा भीषण आक्रमण गरेको छ । इरानले आक्रमणका बेला ३ सय भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ ।

इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ । इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले एक्समा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’

Advertisement

इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । इरानले यहुदी राज्यमा गरेको यो पहिलो प्रत्यक्ष आक्रमणले वर्षौंको छायाँ युद्धलाई खुलारूपमा बढाउने चिन्ता बढेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यो ‘अभूतपूर्व’ आक्रमणमा ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग भएको बताएको छ ।

आफ्नो भूमिमा पुग्नुअघि नै धेरैजसो ड्रोन र मिसाइल रोक्न इजरायल सफल भएको छ । त्यसका लागि इजरायलको वायु सेनाले अमेरिका, जोर्डन र बेलायती वायु सेनाको सहयोग लिएको छ । सिरिया, इराक र जोर्डनको आकाशमा नै इजरायलले इरानी आक्रमण रोकेको बताइएको छ । थप ड्रोन र मिसाइल इरानी क्षेत्रमै आइरन डोम एयर डिफेन्स इन्टरसेप्टर प्रणालीबाट रोकिएको इजरायले जनाएको छ ।

Advertisement

इजरायलको तेल अभिव र अन्य सहरहरूमा आइतबार बिहान साइरन एवं इजरायली वायुसेनाका जेट विमान आवाज चर्किएको थियो । केही मिसाइलले रक्षा प्रणालीमा क्षति गरेको बताइएको छ । इरानको रिभोलुसनरी गार्ड कोर्प (आईआरजीसी)ले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले भनेको छ, “जियोनिस्ट शासनका कयौँ अपराध…र सिरियामा हाम्रो देशका कमान्डर एवं सैन्य सल्लाहकारको सहादतको बदलामा आईआरजीसीको एयरोस्पेस डिभिजनले कब्जा गरिएका क्षेत्रभित्र केही लक्ष्यमा १०औँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ ।” अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘आइरनक्लाड–फलामले ढाकेजस्तो’ समर्थन रहेको र त्यसतर्फ प्रहार भएका सबै ड्रोन र मिसाइल रोक्न सहयोग गरेको बताएका छन् ।

बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले आक्रमणको निन्दा गर्दै यस क्षेत्रमा रोयल एयर फोर्स (आरएएफ)का विमानहरू तैनाथ गरिएको बताएका छन् ।अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ । यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन् । इरानले इजरायललाई प्रतिकार गर्ने सूचना अमेरिकी मिडिया ब्लुमबर्ग केही अगाडि नै सार्वजनिक गरिसकेको थियो।

इजरायली भूमिमा इरानको यो प्रथम प्रत्यक्ष हमला हो । कयौं इरानी ड्रोन र मिसाइल इजरायले झारेको बिबिसीले उल्लेख गरेको छ । इजरायली सेनाको दक्षिण क्षेत्रको शिविरमा हमला हुदा एक घाइते भएको इजरायले सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top