×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

म्यानचेस्टर सिटीको शानदार जित,युनाइटेड हारबाट जोगियो

२ बैशाख २०८१

२ वैशाख , एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबारको खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै जित दर्ता गरेको छ । सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो । दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता लिएको थियो ।

Advertisement
Advertisement

कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । हालान्डले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले अग्रता ३–० बनायो । ८१ औं मिनेटमा ब्राकलेले गोल गरेपछि लुटनले अन्तर घटाएको थियो । ८७ औं मिनेटमा जेर्मी र इन्ज्युरी समयमा ग्राभाडिओलले गोल गर्दै टोलीको जितलाई फराकिलो बनाएका थिए ।

यस्तै कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन ।

१६औं मिनेटमा सोलांकेले गोल गर्दै बर्नमाउथलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा ब्रुनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३६औं मिनेटमा जस्टिनले गोल गरेपछि बर्नमाउथले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा पछि परेको युनाइटेडका लागि ६५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयमा बर्नमाउथले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यस बराबरीसँगै युनाइटेड ३२ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । बर्नमाउथ ४२ अंक जोडेर १२औं स्थानमा छ । शनिबार अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले २–२ तथा बर्नली र ब्राइटनले १–१ को बराबरी खेलेका छन् ।

ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासल युनाइटेडले टोटनहमलाई ४–० ले हराएको थियो । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३२ खेलबाट ७३ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्र्रो स्थानको आर्सनल र तेस्रो लिभरपुलको समान ७१ अंक छ । लुटन २५ अंकसहित १८ औं स्थानमा छ ।

 उता, स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाले सफलता हात पारेका छन् । रियलले घरेलु टोली मलोर्कालाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ । रियलको जितमा दोस्रो हाफमा ओरेलिएन चुआमेनीले गरेको गोल नै निर्णायक बन्यो ।  यस जितसँगै शीर्षस्थानमा रहेको रियलको ३१ खेलबाट ७८ अंक पुगेको छ ।

रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ८ अंकले पछि पारेको छ ।  ला लिगाकै अर्काे खेलमा बार्सिलोनाले क्याडिजलाई १–० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा ३७औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो । यस जितले बार्सिलोनाले शीर्षस्थानको रियलसँगको अंक दुरी ८ मै राखेको छ । बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ । पराजित क्याडिज ३१ खेलबाट २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top