शेखरपछि गगनले पनि भने कांग्रेस एमाले मिल्नुपर्छ

३ बैशाख ८१, मंगलबार

४ वैशाख , काठमाण्डौ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएको एक दिन नवित्दै महामन्त्री गगनले कांग्रेस र एमाले मिल्नु पर्ने प्रस्ताव गरेका छन् । गगनले एमाले र कांग्रेसको मिलन भने सत्ताका लागि नभई निर्वाचन प्रणाली सुधारका लागि भएको बताएका छन् ।

यसअघि कांग्रेसमा संस्थापन इत्तरका शेखर कोइरालाले समेत पटक पटक कांग्रेस र एमाले मिल्नु पर्ने प्रस्ताव गरिरहेको अवस्थामा महामन्त्री थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्न एमाले र कांग्रेस मिल्नु पर्ने बताएका हुन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले त्यस्तो बताएका हुन् ।

‘पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भनेका छन् । ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भनेका छन्, थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

Advertisement

‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ । ’ खासगरी गएको निर्वाचनमा कुनैपनि दलले प्रष्ट बहुमत हासिल गर्न नसकेपछि साना दलहरु समेत सरकार गठनमा निर्णायक बन्दै आएका छन् ।

राष्ट्रिय दलको मान्यता समेत पाउन नसकेको नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका दल संघ तथा प्रदेश सरकार गठनमा निर्णायक देखिएका छन् । गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए ।

Advertisement

यसअघि सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् ।

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि शेखर कोइरालाले भने देशमा स्थायित्वका लागि एमाले र कांग्रेस मिल्नु पर्ने बताउदै आएका छन् । पछिल्लो समय निर्वाचन प्रणालीलाई लिएर साना दलहरुले च्याखे थाप्ने क्रम बढेको भन्दै त्यसलाई अन्त्य गर्नका लागि निर्वाचन कानून बदल्नु पर्ने र त्यसका लागि एमाले कांग्रेस मिल्नु पर्ने पक्षमा गगन उभिएका छन् ।

गगनको यो प्रस्तावमा एमाले नेताहरुले भने प्रतिक्रिया दिएका छैनन् । एमाले नेताहरुले नयाँ गठबन्धनको संभावना नरहेको बताएपछि वाम गठबन्धनको संभावना भने नरहेको बताएका छन् । मंगलबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट हाल्नेहरुसँग एकता हुन् नसक्ने बताएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top