×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

आईपीएलमा हैदराबादले लेख्यो इतिहास, कस्ता कीर्तिमान बने ?

४ बैशाख २०८१

४ वैशाख , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गएराती भएको खेलमा आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो । रनको वर्षा भभएको उक्त खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हरायो ।

हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट कोहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो ।

Advertisement
Advertisement

हैदराबादका ट्राभिस हेडले १ सय २, हेनरिक क्लासेनले ६७ रन बनाए । हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा ३४ रनमा आउट भए । तल्लोक्रममा एडेन माक्ररमले ३२ रन बनाए । बेंगलुरुका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए ।

यस खेलमा विभिन्न कीर्तिमानहरु बनेका छन् । सोमबार हैदराबाद र बैंगलुरुले चिन्नस्वामी रंगशालामा बनाएको कूल रन ५४९ रहेको छ । कुनै पनि टी–२० खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि हैदराबादमा हैदराबाद र मुम्बईको खेलमा ५ सय २३ रन बनेको थियो । हैदराबादका ब्याटरले बैंगलुरुविरुद्ध हिर्काएको २२ छक्काको सङ्ख्याले पनि कीर्तिमान बनाएको छ ।

Travis Head of Sunrisers Hyderabad celebrates his 100 runs during match 30 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Sunrisers Hyderabad held at the M.Chinnaswamy Stadium, Bengaluru on the 15th April 2024.
Photo by Ron Gaunt / Sportzpics for IPL

कुनै पनि आईपीएलको इनिङ्समा प्रहार गरिएको यो सबैभन्दा धेरै छक्का हो । बैंगलुरुले हैदराबादविरुद्ध बनाएको ७ विकेटको क्षतिमा २६२ रन कुनै पनि टोलीले टी–२० खेलमा हार्दा बनाएको सबैभन्दा उच्च स्कोर हो । ट्राभिस हेडलाई शतक बनाउन ३९ बल मात्रै लागेको थियो । यो आईपीएलको इतिहासमा चौथो चाँडो शतक थियो ।

आईपीएलमा हैदराबाद एक पटकभन्दा बढी २५० प्लस रन बनाउने पहिलो टोली बन्यो । लगत्तै बैंगलुरु पनि दोस्रो टोली बनेको छ । सोमबार बैंगलुरुमा भएका ५० वा सोभन्दा बढी रनका ७ साझेदारी बने । यसअघि कुनै पनि टी–२० खेलमा ५ वटाभन्दा बढी यस्तो साझेदारी भएको थिएन । जितसँगै चौथो स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ ।

Advertisement

हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ अन्तिम १० स्थानमा छ । आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल कोलकत्ताको इडेन गार्डेनमा हुनेछ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top