रविलाई रास्वपा भित्रै आयो छानविनको प्रस्ताव, फेसबुकमा जवाफदिएर पुग्दैन

४ बैशाख ८१, बुधबार

५ वैशाख , काठमाण्डौ।

Advertisement

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै त्यसको छानविनका लागि संसदीय समिति बनाउन प्रतिपक्ष कांग्रेसले जोडदार माग गरिरहेको बेला अब रविकै दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि यस्तो आवाज उठ्न थालेको छ । पार्टी नेतृत्वको निर्णयविरुद्ध विगतमा पनि प्रश्न उठाउँदै आएका रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले केही समयअगाडि सभापति लामिछाने स्वयंमले उठाएको विषय संसदीय छानबिन समति गठन गरी सहकारी विवादबाट सधैका लागि मुक्त हुन सभापतिलाई सुझाव दिएका हुन्।

‘…संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरुद्धमा जस्तो भएको छ। तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो। हाम्रै सभापतिले गरिमामय संसद्मा उठाउनु भएको विषय हो। त्यो कसरी हाम्रा विरुद्धमा हो भन्ने मान्नु’, कार्कीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘संसदीय समिति हाम्रो विरुद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो। कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापतिकै केही अगाडिको कुरासँग त्यो बाझिन्छ।’

Advertisement

उनले भनेका छन्, सहकारीको विषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ। मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन। सभापतिबाट पटकपटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलनलगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि भएकै छ।

तर त्यति मात्रै पुग्दो भएको छैन। सवालजवाफ जस्तो चलिरहेको छ। पटकपटक नयाँ आरोप आउँछन्, जवाफ आउँछ अनि फेरि अर्को नयाँ कुरा आउँछ, फेरि अर्को जवाफ। यही चक्र कहिलेसम्म? मिडियामा पटकपटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनैपर्छ।

Advertisement

फलानो नेताले भनी त सक्यो भन्दैमा समाजले पत्याउँदैन। ढिस्कानो मिडिया वा पत्रकारले लेखी त सक्यो भन्दैमा पनि समाजले पत्याउँदैन। नेता र मिडिया नै आममानिसको नजरमा शंकारहित बनेको छैन। राजनीतिक दलको संक्रमणले प्रहरी प्रशासनको छानबिन पनि विवादरहित हुन सकेनन्।

हाम्रै सभापतिले केही समयअगाडि संसद्मा नै राज्यका प्रहरी प्रशासनजस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानबिन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानबिन विशेष समिति बनाउनपर्ने भन्नुभएको थियो। सभापतिले छानबिन समिति बनाउनुपर्छ भन्दा हामी समर्थकहरू संसद्बाहिर पनि हो यही हो भनेर वकालत गरेका थियौँ।

आखिर नेपालको धरातलीय यथार्थ त्यही नै हो। दुर्भाग्य, बीचमा केही अलमल भएको छ। जसले गर्दा संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरुद्धमा जस्तो भएको छ। तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो। हाम्रै सभापतिले गरिमामय संसद्मा उठाउनु भएको विषय हो।

त्यो कसरी हाम्रा विरुद्धमा हो भन्ने मान्नु? संसदीय समिति हाम्रो विरुद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो। कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापतिकै केही अगाडिको कुरासँग त्यो बाझिन्छ। अवस्था फरक हुँदै छ। समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दै छन्।

शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरुत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ। त्यसबाट पर्दा हट्न अब सवालजवाफ मात्रै पर्याप्त छैन। विश्वास छ हामीलाई– सहकारीको सानासाना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ। प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन।

संसदीय छानबिन भन्छन् कि उच्चस्तरीय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाऊँ भन्छन्, बनाइदिऊँ, देखाइदिऊँ। जस्तो कसीमा जाँचिनुपर्ने हो, जाँचिन तयार हौँ। तर यो कुरा सकिदिऊँ। अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानबिन र जाँचमा उभिने? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी। अनि बन्द हुन्छ सधैँका लागि विरोधी भनिएका मुख। कार्कीले यसअघि सरकारका जाने निर्णय गर्दापनि विगतको वाचा विर्सिएको भन्दै रविलाई लिखित असहमति पत्रले नै लेखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top