×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सलाई ,सात पटकको विजेता भारत पराजित

३१ भाद्र २०७५

एजेन्सी,भदौ ३१
माल्दिभ्स एक दशकपछि साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को च्याम्पियन बनेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार राती सम्पन्न फाईनल खेलमा साविकको विजेता भारतलाई २–१ ले पराजित गर्दै माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो ।

माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । कमजोर सुरुवात गरेको माल्दिभ्स भाग्यको सहारामा सेमिफाइनल पुगेको थियो । समूह चरणमा विना जित श्रीलंकासँग अंक र गोलअन्तरमा बराबरी भएपछि टसमा भाग्यशाली रहँदै अघि बढेको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले निराश पारेको थियो । फाइनलमा भारतलाई पराजित गरसँगै माल्दिभ्सले यसपटक समूह चरणमा बेहोरेको २–० को हारको बदला समेत लिएको छ ।

Advertisement
Advertisement

माल्दिभ्सले खेलको १९औं मिनेटमा अग्रता बनाएको थियो । इब्राहिम माहुधी हुसेनले हसन नेइजको पासमा डि–बक्सको मध्यभागबाट गरेको फ्लिक प्रहार भारतका गोलरक्षक विशाल केथले रोक्ने कुनै मौका पाएन । १–० ले पछि परेपछि भारतले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन बरु दोस्रो हाफमा थप १ गोल खान पुग्यो ।

Advertisement

६६औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारेका थिए । हम्जाथ मोहमेदको पासलाई अलिले सदुपयोग गरेका थिए । भारतले खेलको अन्त्यतिर गोल फर्काएपछि त्यसले नतिजामा खासै फरक परेन । इन्जुरी समयको दोस्रो मिनेटमा सुमित पासीले गोल गरेका थिए । सात पटकको विजेता भारतले यसपाली भने उप विजेतामा चित्त बुझाउनु पर्यो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top