सुमनाले ‘टालेको सर्ट’ लगाउदा ज्ञानेन्द्र शाहीको टाउको दुख्यो

५ बैशाख ८१, बिहीबार

६ वैशाख ,विराटनगर ।
पछिल्लो समय रास्वपा सरकारमा सहभागी भएपश्चात शिक्षामन्त्रीमा नियुक्त सुमना श्रेष्ठ काम कै कारण जनस्तरसम्म चर्चामा रहेकी मन्त्री हुन् । मन्त्री नियुक्त हुनासाथ कडा रुपमा उत्रिएकी शिक्षामन्त्री सुमनाले पछिल्लो समय शिक्षा क्षेत्रलाई सुधार गर्न जोडतोडका साथ लागिरहेकी छिन् । त्रिविको नियुक्ति देखि लिएर राजनीतिमा शिक्षकहरुको बढ्दो सहभागीतालाई शुन्यमा झार्न उनले निर्देशन नै जारी गरेकी छन् ।

६ वर्ष अघि सरकारलाई बुझाएरपनि सार्वजनिक हुन् नसकेको चिकित्सा शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक होस् वा पछिल्लो ५ वर्षको शिक्षा क्षेत्रको बजेट सार्वजनिक गर्ने उनका निर्णयको सर्वत्र प्रशंसा हुदै आएको छ । यस्तै संसदमा सांसदले उठाएका हरेक प्रश्नको जवाफ दिदै उनले सुरु गरेको नौलो अभ्यासले समेत प्रशंसा बटुल्ने गरेको छ ।

यसैबीच सुमनाको एउटा तस्विर सामाजिक सञ्जालमा हिजो भाइरल भयो । तस्विरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्विरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप समेत लगाएका छन् । उनको आलोचना गर्नेमध्ये एक राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही पनि हुन् ।

Advertisement

केही दिनदेखि सत्तारूढ दल रास्वपा र यसका नेताहरूप्रति आक्रामक बनिरहेका बेला सुमनाको उक्त तस्वीर भाइरल भएपछि रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेपछि शिक्षामन्त्री सुमना श्रेष्ठ पनि आलोचनाको शिकार बनिन् । शाहीले आज बिहानै फेसकुबमा स्टाटस लेख्दै सुमनामाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको उनको आरोप छ ।

उनले आज एउटा स्टाटस लेख्दै एमआईटी यूनिभर्सिटीको कलेज फिस तिर्न सक्ने, एन्जिओबाट महिनाको लाख बढी तलब खानसक्ने, ५ स्टार होट्लमा डिनर गर्नसक्नेले सर्ट किन्न नसक्ने भनेको भन्दै उनको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ?

Advertisement

अमेरिकाको एमआईटी यूनिभर्सिटीको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि– फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौको ५ स्टार होट्लमा बिदेशी श्रीमान सङ दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ?

शाहीले क्यामराम्यान र च्यातिएको सट घरबाट लगाएर आएर फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्नेले फोटो हालेर स्टन्ट देखाएको टिप्पणी गरे । सोझा –सोझा इलामे जनतालाई उल्लु बनाउन नाटक रचेको तर्क समेत गरे । उनले थप लेखेका छन्, ‘तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा –सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन ?

तिमीहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन? तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि टोपलेको छौ रे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदान सङै कपडा दान पनि गर्नेछन अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुग्नेछ तिम्रा रगरग

।’ हक्की स्वभावकी सुमना यसअघि पनि पोशाकका विषयमा भने चर्चामा आएकी थिइन । श्रेष्ठले गएको जेठको संसद बैठकमा जिन्स र पाइन्टलाई अमर्यादित पोशाक भनेर हटाएकोमा विरोध गरेकी थिइन । त्यसअघि टिसर्ट र जिन्स लगाउन नपाउने नियम प्रतिनिधिसभाले बनाएको थियो। त्यसको केही दिन अघि मात्रै सांसद श्रेष्ठले संसद बैठकमा जिन्स र टिसर्ट लगाएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top