×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुम्बईले पञ्जाबलाई पानी पिलायो

७ बैशाख २०८१

७ वैशाख, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माको सानदार ब्याटिङ गर्दै ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो ।

Advertisement
Advertisement

पञ्जाब नाटकीय शैलीमा ९ रनले पराजित भयो । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । पञ्जाबले बिर्सनलायक सुरूवात गर्यो। मात्र १४ रन जोड्दा उसले पहिलो क्रमका ४ महत्वपूर्ण खेलाडी गुमाइसकेको थियो । पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काए । उनीहरूले समान २ विकेट लिएपछि पञ्जाब संकटमा पर्यो ।

लगतै हरप्रित सिंह पनि १३ रनमा श्रेयस गोपालद्वारा कट एण्ड बोल्ड भए । सशांक सिंह पनि ४१ रनमा आउट भए । यतिखेर १ सय ११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो । तर यो कठिन स्थितिमा आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गरे । उनी क्रिजमा जमे र आक्रमक ब्याटिङका साथ पञ्जाबलाई जिततर्फ डोरयाउन भरपुर कोशिस गरे ।

तर उनी १८औं ओभरको पहिलो बलमा आउट भए । जेराल्ड कोएट्जेले महत्वपूर्ण विकेट लिए । आशुतोषले हरप्रित ब्रारसँग आठौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यो क्रममा अर्धशतक पनि बनाए । तर यो योगदान जितको लागि प्रयाप्त भएन । हरप्रित ब्रार, जितेश शर्मा ९ रनमा र हर्षल पटेल १ रनमा आउट भएसँगै पञ्जाबले ९ रनको हार बेहोर्यो।

मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेले समान ३ विकेट लिए। त्यसअघि टस जितेर पञ्जाबले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । ओपनर इशान किसन मात्र ८ रनमा कागिसो रबडाको बलमा हरपित ब्रारद्वार क्याच आउट भए ।

पहिलो विकेट सुरूवातमै गुमाउँदा मुम्बईले १८ रन मात्र बनाएको थियो । तर दोस्रो विकेटको लागि रोहित शर्मा र सूर्य कुमार यादवले ८१ रनको साझेदारी गरे। रोहित ३६ रनमा आउट भए । सूर्य कुमारले ७८ रनको पारी खेले । त्यसपछि तिलक बर्मा अविजित ३४ रनमा क्रिजमा रहे। कप्तान हार्दिक पाण्डयाले १० र टिम डेबिटले १४ रन जोडे ।

बलिङमा हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए । यस्तै साम कुरानले २ र कागिशो रबाडाले १ विकेट आफ्नो नाममा लेखाए । मुम्बईको यो तेस्रो जित हो र ६ अंक सहित सातौं स्थानमा छ। पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ। आइपिएलमा आज शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल लखनउको घरेलु मैदान ईकाना स्पोर्टस् सिटीमा बेलुकी पौने ८ बजे हुनेछ । लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।

Advertisement

यसैगरी लखनउले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । इन्डियन प्रिमियर लिगमा हालसम्म लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा लखनउ र एक खेलमा चेन्नईले जित हात पारेका छन् । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top