नेपालसँग टी–२० सिरिज खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

१० बैशाख ८१, मंगलबार

११ वैशाख , काठमाण्डौ।

नेपालसँग खेल्ने टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २७ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ ।

वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् । रोस्टन चेसले ए टिमको पहिलो पटक कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । चेसले सन् २०२१ मा टी २० आइमा डेब्यु गरेका थिए ।

बंगलादेशविरुद्धको खेल उत्कृष्ट रहेको थियो । वेस्ट इन्डिजकोको टोलीमा रोस्टन चेस कप्तान र एलिक एथानाजे उप–कप्तान रहेका छन् । यस्तै फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती, किमो पल, ओशाने थोमस, हेडेन वाल्स, कोचिङ स्टाफ रहेका छन् ।

टिमका मुख्य प्रशिक्षक फ्लोयड रेफर रहेका छन् भने सहायक प्रशिक्षकमा रेयन ग्रिफिथ रहेका छन् । यस्तै फिजियोथेरापिस्टमा नील ब्यारी, शक्ति र कन्डिसन कोचमा शेन कूपर तथा टोली प्रबन्धक र विश्लेषकमा अवनेश सीताराम रहेका छन् । रोस्टनले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

वेस्ट इन्डिज ‘ए’को उपकप्तानमा चार टेस्ट र १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका २५ वर्षीय एलिक एथानाजे छन् । पहिलोपटक नेपाल आउन लागेको वेस्ट इन्डिज ‘ए’ र घरेलु टिमबीचको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ ।

दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले टोलीको घोषणा गर्न बाँकी नै छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top