Nepal Times
Nepal Times
3
Shares

मलेसियामा सैनिक अभ्यासमा जब दुई हेलिकप्टर आकाशमै ठोक्किए

मलेसियामा सैनिक अभ्यासमा जब दुई हेलिकप्टर आकाशमै ठोक्किए

११ वैशाख ,एजेन्सी ।

सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ। बीबीसीका अनुसार हालसम्म उक्त दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

रोयल मलेशियन नेवी परेड रिहर्सलको क्रममा धेरै हेलिकप्टरहरू उडिरहेका थिए, जसमध्ये दुई एक्कासी धेरै नजिक आए र एउटा दुखद दुर्घटना भएको थियो । हेलिकप्टरहरू उत्तरी पेराक राज्यको नौसेना आधारमा अर्को महिना नौसेनाको ९० औँ वार्षिकोत्सव मनाउन प्रशिक्षण गरिरहेका थिए ।

सोही क्रममा दुर्घटना भएको नौसेनाले एक संक्षिप्त बयानमा जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ । सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको बताइएको छ । शव पहिचानका लागि अस्पताल पठाइएको छ । दुर्घटनामा परेको एक हेलिकप्टर HOM M503–3  मा सात जना सवार थिए । अर्काे Ps Fennec M502–6 मा अन्य तीन सवार थिए । मलेसियन नौसेनाले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन भइरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.