ताइवानमा एकैदिनमा ८० भन्दा बढी भूकम्पका धक्का

११ वैशाख , एजेन्सी ।

ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लिएका छन् ।

भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ । यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसमा १४जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु ग्रामीण र हिमाली हुआलियन काउन्टीको तटीय क्षेत्रमा थियो । यो ताइवानमा पछिल्लो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो र त्यसपछि सयौँ परकम्पहरू आएका थिए ।

यस पटक पनि यी भूकम्पको केन्द्रबिन्दु ताइवानको ग्रामीण पूर्वी काउन्टी हुवालियन थियो । अप्रिल ३ को भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले सञ्चालनमा नआएको एउटा होटल थोरै ढल्किएको हुवालियनको दमकल विभागले मंगलबार बिहान भनेको छ ।ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ ।

त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा निकै शक्तिशाली भुकम्प आउँदा सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । सन् १९९९ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा २ हजार भन्दा मानिसहरूको ज्यान गएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top