×

NEPAL TIMES UPDATES

Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026
Playing
ठूला नेता जोडिएका नेपालका भ्रष्टाचार काण्ड,जुन बालेनले खोल्नेछन् |BALEN GOVERNMENT| ACTION
Mar 29, 2026

प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

११ बैशाख २०८१

११ वैशाख , विराटनगर ।

केही दिनदेखि देशभर गर्मी बढ्दो क्रममा छ । खासगरी तराई श्रेत्रमा । केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

Advertisement

तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस वर्ष नेपालमा औषत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको छ ।

त्यस्तै सुख्खयायामका कारण आगलागीका घटना पनि बढ्दो क्रममा छ । जसले धेरै हदसम्म जलवायु परिवर्तनलाई बल दिएको छ । त्यसैको परिणाम स्वरुप केही दिन अघि गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा बहाव बढेपछि बाढी आउन सक्ने चेतावनी जारी गर्नु पर्यो । मानविय हेल्चेक्राईँकै कारण निम्तिने समस्याहरुले मानिसलाई मात्र नभएर जनावरलाई पनि असर गरिहेको छ भने लाखौँ अरबौँको क्षति पनि पुर्याइरहेको छ।

यसैविच, आगामी ४ दिन (वैशाख १४ गते) सम्म तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको हो।

साथै काठमाडौँजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ। काठमाडौँमा पनि बढ्यो गर्मी, तापक्रम ३४ डिग्री सेल्सियसम्म पुग्ने अनुमान बुलेटिनमा भनिएको छ । गर्मीका कारण बढ्दै गएको तातो हावाले मानिसको स्वास्थ्यमा विभिन्न असर पार्ने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तातो हावाका कारण छाला सुक्खा हुने, रातो हुने, आँखा पोल्ने, नाक सुख्खा हुने, हृदयको गति तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने जस्ता समस्या स्वास्थ्यमा देखिन सक्छन् । यस्तै गर्मीमा लामो समसयसम्म पानी नपिउँदा पछि मिर्गौला खराब हुन सक्छ । र, तातो तापक्रममा ‘एक्स्पोज’ हुने व्यक्तिहरूलाई छालाको क्यान्सरसमेत हुन सक्छ ।

यस्तो बेला दिउँसोको समयमा घर बहिर नस्कनु हुँदैन । निस्कनै परेमा सुतिको कपडा लगाएर, छाता बढेर, पानीको बोतल साथमा लिएर निस्कुनुपर्छ । त्यस्तै उनी खेतबारीमा काम गर्ने व्यक्तिहरूलाई बिहान साँझ मात्र खेतबारीमा काम गर्नुपर्छ । चिसो पानीले नुहाउने, छहारीमा बस्ने गर्नुपर्छ । पानी तथा फलफूलको जुस प्रशस्त मात्रामा पिउनुपर्छ । तातो हावाले सबैलाई असर गर्छ । तर, यो समयमा बालबालिकाको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

यसैविच, नेपालमा बढिरहेको गर्मीसँगै ‘लू’ को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञले सुझाव दिएका छन् । नेपालमा ‘लू’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्नुपर्ने विज्ञले सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।

सरकारले ‘लू’ बाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनले राष्ट्रिय रूपमा ‘लू’ आएको अवस्थामा अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर÷गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरू बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिए ।

धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ’हिट एक्शन प्लान’ बनाउन जरुरी रहेको बताए ।उता तापक्रम बढ्नुमा आगलागीका घटनाहरु बढ्नु पनि मुख्य कारण रहेको छ । गत शनिवार एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको थियो ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार शनिवार एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको बताएके थियो । नेपालमा पछिल्लो एक सातामा ३८ जिल्लामा डढेलोका घटना घटेका छन् । हिजो मात्रै १६ वटा स्थानमा आगलागीका घटना भएका छन् । उता, बागलुङमा फागुन यता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ ।

ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् । आगलागीले वन्यजन्तु पनि तितरवितर बनेका छन् । आगलागीका कारण त्यहाँ हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् ।

केसीका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । ्उनका अनुसार हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ । यस्तै म्याग्दीमा ११० भन्दा बढी वनमा डढेलो लागेको छ। लामो खडेरी र जथाभाबी आगजनीले वनजंगल सखाप पार्न थालेको हो। पछिल्लो एक सातामा जिल्लामा दिनहुँ डढेलोको घटना बढेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्य संस्थामा डढेलोकै कारण आँखा, श्वासप्रश्वास, छाला चिलाउनेलगायत समस्याका बिरामी बढेका छन्। केही दिन अघि मात्रै अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। सामुदायिक वनमा लागेको डढेलो वस्तीमा फैलिएपछि गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन् ।

केही दिन अघि मात्रै पनि आगो निभाउने क्रममा जलेर स्याङ्जाको बिरूवाकि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही बस्ने ७० वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको थियो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँ नष्ट भएको थियो ।

केही दिन अघि मात्रै वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयले सिसी क्यामेरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामेरा राख्न सुरु गरिएको हो । चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ ।

सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो। मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ। राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । हावा अवस्थकर बन्दा विभिन्न स्वासप्रस्वास सक्बन्धि रोग लाग्ने क्रम बढिरहेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ । स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन कठिन छ ।

आगलागीले लाखौँको धनमाल, घरजग्गा, अन्नबाली नष्ट हुँदा सरकारको ध्यान भने आगलागी नियन्त्रणमा देखिएको छैन । पछिल्लो समय बढ्दो क्रममा रहेको आगलागीका घटना नियन्त्रण गर्न के गर्नुपर्छ होला ? कतिपय आगलागीका घटनाहरु मानव सिर्जित पनि हुने गरेकाले त्यसले निम्त्यिाउने डढेलो र प्रकृतिको विनासलाई कसरी रोक्न सकिन्छ ? विश्वभर रुखहरुको विनासले स्वस्थ्कर हावाको विनास, वायु प्रदूषण, विभिन्न रोग, जलवायु परिवर्तन, बढ्दो सुख्खापन, आगलागीसँगसँगै बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका घटना बढ्दो क्रममा छ ।

Advertisement

अहिले सचेत नभए कहिले हुने ? यसबारे तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले भनेका थिए,समय आउँछ, नआत्तिनू

rekha-sharm)

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

सम्बन्धित खबरहरु

Scroll to Top