×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

एक्लो रोहितको भरमा नेपाल,१० रनले पराजित

१६ बैशाख २०८१

१६ वैशाख , काठमाण्डौ।

५ खेलको मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जितका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । यसअघिको पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गरेको नेपालका अधिकांश ब्याटर आज निरीह सावित भए ।

Advertisement
Advertisement

कुशल भुर्तेल, अनिल ,साह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल दोहोरो रन समेत बनाउन नसकी आउट भए । नेपालको योगफल पहिलो खेल जस्तै कप्तान रोहित पौडेलले मात्रै उकासे । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए ।

त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश बमले १७ रन बनाए । आरिफ शेखले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए ।

गुडकेश मोटीले ०० रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चार्ल्सले ११ रनको योगदान दिए । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । आजको जित सँगै सिरिज १, १को बराबरीमा छ । सिरिजको तेस्रो खेल अब बुधबार मे १ तारिखमा खेलिने छ ।चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

Advertisement
Advertisement

दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक भएको र आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा रहेकाले पनि ए टिमका खेलाडीहरुसँग नेपालले आगामी विश्वकपका लागि सिक्ने ठूलो अवसर समेत पाएका छन् । वेस्ट इन्डिजले ‘ए’ टीम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top