फाकफोकथुम १ र २ को मतगणना सकियो, बझाङमा के छ ?

१६ वैशाख , विराटनगर।

इलाम निर्वाचन क्षेत्र नम्बर २ को ताजा मतपरिणामअनुसार कांग्रेसका डम्बरबहादुर खड्का निकटतम प्रतिस्पर्धी एमालेका सुहाङ नेम्वाङभन्दा ८२ मतले अगाडि छन् । फाकफोकथुम १ र २ को मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मत पाउँदा सुहाङले १ हजार ६३ मत पाएका छन् ।

१ नम्बरको तुलनामा सुहाङले खड्कासँगको मतान्तर केही घटाएका हुन् ।तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू छन्, उनले ३ सय ११ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ सय ९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले ९, राप्रपाकी लक्ष्मी गुरुङले ४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् ।

Advertisement

यसैगरी, नेपाली जनता दलका रेशमबहादुर सुनारले ३, स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले ३, स्वतन्त्र राज बस्यालले २, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान र स्वतन्त्र योगेन्द्र गुरुङले १÷१ मत पाएका छन् ।

उता बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमालेले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् । जनक बुढा (माओवादी) ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top