१६ वैशाख , विराटनगर।
इलाम निर्वाचन क्षेत्र नम्बर २ को ताजा मतपरिणामअनुसार कांग्रेसका डम्बरबहादुर खड्का निकटतम प्रतिस्पर्धी एमालेका सुहाङ नेम्वाङभन्दा ८२ मतले अगाडि छन् । फाकफोकथुम १ र २ को मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मत पाउँदा सुहाङले १ हजार ६३ मत पाएका छन् ।
१ नम्बरको तुलनामा सुहाङले खड्कासँगको मतान्तर केही घटाएका हुन् ।तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू छन्, उनले ३ सय ११ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ सय ९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले ९, राप्रपाकी लक्ष्मी गुरुङले ४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् ।
यसैगरी, नेपाली जनता दलका रेशमबहादुर सुनारले ३, स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले ३, स्वतन्त्र राज बस्यालले २, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान र स्वतन्त्र योगेन्द्र गुरुङले १÷१ मत पाएका छन् ।
उता बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमालेले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् । जनक बुढा (माओवादी) ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।