गाजाले कहिले छाड्छ बन्धक, कहिले घर फर्किन्छन् विपीन ?

१६ वैशाख , विराटनगर ।

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको आक्रमणको प्रतिशोधमा गाजा पट्टीले ६ महिनाभन्दा लामो अवधिदेखि तीव्र इजराइली आक्रमणको सामना गर्नुपरिरहेको छ । हमासको आक्रमणमा परेर १० जना नेपालीले पनि ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात नै छ । हमासले इजरेलमाथि गत अक्टोबर ७ मा गरेको आक्रमणमा इजरेली र विदेशीहरू समेत गरी १,२०० जनाको ज्यान गएको थियो र केहीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

त्यसपछि इजरेलले सुरु गरेको जवाफी आक्रमणमा अहिलेसम्म गाजातर्फ ३४,००० जनाभन्दा धेरैको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत नोभेम्बरमा भएको सम्झौतापछि हमासले बन्धक बनाएकामध्ये १०५ जना मुक्त भएका थिए। त्यसबेला मुक्त हुनेहरू अधिकांश महिला र बालबालिका थिए। त्यसको बदलामा इजरेलले २४० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

गाजामा अझै १३३ जना बन्धक रहेको र त्यसमध्ये ३० जनाको मृत्यु भइसकेको ठानिएको छ। हमासले बन्धक बनाएको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको पछिल्लो अवस्थाबारे भने थाहा हुन नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्। तर पछिल्लो समय हमासले गाजामा बन्धक बनाएका थप दुईजना जीवितै रहेको पुष्टि हुने भिडिओ सार्वजनिक गरेको छ । बन्धक बनाइएकामध्ये इजरेलका ओम्री मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताएका छन्।

अर्का बन्धक अमेरिकी नागरिक किथ सिगलले पनि हालैको लामो बिदाबारे उल्लेख गरेका छन्। त्यसले उक्त भिडिओ हालै लिइएको सङ्केत गर्छ।हमासले युद्धविरामका लागि इजरेलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताइरहँदा बन्धहरूको नयाँ भिडिओ सार्वजनिक भएको हो। भिडिओमा देखिएका दुवै जनालाई हमासले अक्टोबर ७ मा इजरेलमा गरेको घातक आक्रमणका क्रममा नियन्त्रणमा लिएको थियो।

भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन्। उनीहरूले इजरेली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् । युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउन ताजा जानकारीहरू सहितको प्रतिनिधिमण्डल इजरेल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।

इजरेलका विदेशमन्त्रीले बाँकी बन्धहरूलाई मुक्त गर्ने सहमति भए इजरेलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताएका थिए ।अमेरिकी नागरिक किथ सिगल उनकी श्रीमती अभिभासहित बन्धक बनाइएका थिए। तर गत नोभेम्बरमा छोटो समयका लागि भएको सङ्घर्ष विरामको सहमतिसँगै उनी मुक्त भएकी थिइन्। एउटा भिडिओ सन्देश जारी गर्दै किथकी श्रीमती अभिभाले भनेकी छन्ः “किथ म तिमीलाई माया गर्छु। तिमी नफर्कँदासम्म हामी लडिरहनेछौँ।”

यही महिनाको सुरुमा उनले बीबीसीसँगको अन्तर्वार्तामा आफ्ना पति जीवित रहेको वा नरहेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन्। उनका छोरा इलानले पनि आफ्ना बुवालाई देखेपछि सबै बन्धकहरूलाई फिर्ता ल्याउन दुई पक्षबीचको सहमति कति जरुरी छ भन्ने थप आवश्यकता बोध भएको बताए। उनकी छोरी शिरले पनि आफ्ना बुवाको रिहाइका लागि आफूहरूले निकालिरहेको ¥यालीको औचित्य उक्त भिडिओले थप सान्दर्भिक बनाएको बताइन्।

ओम्री मिरानका बुबा दानी मिरानले शनिवार तेल अभिभमा हरेक साता बन्धहरूको रिहाइ माग गर्दै हुने प्रदर्शनलाई सम्बोधन गरेका थिए। उनी बोलिरहँदा भीडले नारा लगाएर उनीप्रति समर्थन व्यक्त गरेको थियो। आफ्ना छोरा जीवित भएको आशा जगाउने भिडिओ देखेपछि आफूमा उत्साह जागृत भएको सुनाउँदै उनले निकै भावनात्मक सम्बोधन गरे। उनले भाषणमा राजनीतिक विषय पनि जोडे।

उनले सरकारका चरम दक्षिणपन्थी मन्त्रीहरूको नाम लिएर बन्धकहरूलाई मुक्त गर्ने सहमति सुनिश्चित गर्न माग गरे। उनले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पनि नाम लिएर कुनै पनि सम्भाव्य सम्झौता स्वीकृत गर्न माग गरे। ओम्रीका बुवाको सम्बोधनअघि बन्धकहरूको भिडिओ ठूलो स्क्रिनमा देखाइएको थियो। यो निकै असाधारण थियो किनभने यस्ता भिडिओहरू साधरणतया टेलिभिजनमा देखाइँदैन।

यो बन्धक भएका मानिसहरू जीवित देखाइएको दोस्रो भिडिओ हो। यसअघि गतसाता सार्वजनिक गरिएको भिडिओमा २३ वर्षका इजरेली–अमेरिकी नागरिक हर्ष गोल्डबर्ग–पोलिनलाई देखाइएको थियो। छोटो भिडिओमा उनको देब्रेतर्फको पाखुरा भन्दा तलको भाग देखिँदैन। उनको हात हमासले अक्टोबर ७ मा दक्षिणी इजरेलमा गरेको हमलाका क्रममा विस्फोटमा परेको थियो। उक्त भिडिओ सार्वजनिक भएपछि उनकी आमा र बुवाले बन्धकहरू मुक्त गर्ने सम्झौतामा पुग्न अपिल गरेका थिए।

सिगलको जोडी किब्बुज कफार अजाबाट र मिरान किब्बुज निर ओजबाट नियन्त्रणमा लिएर बन्दी बनाइएका थिए। हमासको दबावबीच उनीहरू बोलिरहेको जस्तो देखिने भिडिओमा ६४ वर्षका सिगल र ४६ वर्षका मिरानले हमाससँग युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतामा सहमति जनाउन इजरेली सरकारलाई अनुरोध गरेका छन्। एक सातासम्मको वार्ता निष्कर्षमा पुग्न नसके तापनि हमास र इजरेलबीच अप्रत्यक्ष छलफलहरू भइरहेका छन्।

यसअघि हमासले छ साताका लागि युद्धविराम र ४० बन्धक रिहा गर्ने प्रस्ताव अस्वीकृत गरेको थियो। उक्त समूहले युद्ध सदाका लागि अन्त्य गर्ने र गाजाबाट इजरेलका सबै सैनिकहरू फिर्ता सहितको सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ। इजरेलले भने हमासको अन्त्य गरेर बन्धकहरू रिहा गर्ने दाबी गर्ने गरेको छ।इजरेल दक्षिणी गाजाको रफाहमा स्थल आक्रमण गर्ने योजनामा अघि बढिरहेको देखिन्छ।

तर यसले मानवीय विनाश निम्त्याउने भन्दै उसलाई अन्तर्राष्ट्रिय स्तरबाट दबाव छ। रफाहमा अन्यत्रबाट विस्थापित भएका १५ लाख प्यालेस्टिनीहरूले आश्रय लिइरहेको बताइएको छ। उता, गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ । ‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको इजरायली सरकारनिकट स्रोतलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन् । दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ । तर हमास पक्षले रफाहमा कुनै पनि प्रकारको आक्रमणबाट वार्तालाई नै खतरामा पार्ने सङ्केत गरेको छ ।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताउनुभएको छ । मुख्यगरी कतार, इजिप्ट र अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर गएको नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिनुबाहेक त्यसपछि अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन । त्यसबेलमा इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गएको हप्ता युद्धविरामको पहलबारे कतारले आफ्नो भूमिकाको पुनरावलोकन गरिरहेको बताएका थिए ।हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ। हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ।

ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ। इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ। आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ। इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन्।

हमासलाई इरानले सघाउँदै आएको छ। उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ।इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने यसअघि नै बताएका बेला विभिन्न देशले थालको युद्धविरामको पहलहरु कत्तिको सफल होला ? कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।

त्यसैले कतारका राजा भर्खरै नेपाल आउँदा नेपालले हमासको बन्धकका रुपमा रहेका नेपाली युवा विपीन जोशीको रिहाईका लागि पहल गरेको थियो । र जवाफमा कतारका राजा अल थानीले सक्दो प्रयास गर्ने बताएका छन् । हजारौँ आम मानिसले ज्यान गुमाउनु पर्ने यस किसिमका युद्धले आखिर कसलाई के दिन्छ ? शक्तिका लागि हुने यस किसिमका युद्ध पछिल्लो समय प्रविधिसँगै परिस्कृत हुँदै जाँदा भविष्यमा यसले निम्यिाउने क्षति अभूतपूर्व हुनसक्छ ।

जसले पृथ्वी र पृथ्वीवासीलाई संकटमा पार्नेछ । यसबारे तपाईका प्रतिक्रियाहरु के छन् अवश्य व्यक्त गर्नुहोला ।  ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top