श्रमिकलाई तलब नदिने उद्योग र प्रतिष्ठान ६ प्रतिशतले बढे

१७ बैशाख ८१, मंगलबार

१८ वैशाख, काठमाण्डौ ।

पछिल्लो समय धर्मराएको आर्थिक स्थिति केही सुधारिँदै गएको त छ तर अझै सहज नभइसकेको स्थितिमा उद्योग र प्रतिष्ठानका कर्मचारीले न्यूनतम पारिश्रमिक नपाउने स्थिति अझै कायम छ । कतिपयले दिनरात पसिना बगाएर गर्ने कामको उचित मुल्यांकल नहुँदा पनि कतिपय कर्मचारी, श्रमिकहरुलाई सामान्य जीवन चलाउन मुस्किल पर्ने गरेको गुनासो कर्मचारीहरुले नै गर्ने गरेका छन् ।

यसैविच एक तथ्यांक सार्वजनिक भएको छ जहाँ सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको देखिएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ ।

Advertisement

सरकारले १७ हजार ३ सय रुपैयाँ न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलनमार्फत महासङ्घले ‘श्रम कानुन कार्यान्वयनको अवस्था’ मा श्रम अडिट प्रतिवेदन २०८० सार्वजनिक गरेको थियो। यसमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ। युनियन क्रियाशील रहेका उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था २०७९ सालको भन्दा खासै फरक छैन।

२०७९ सालको श्रम अडिट प्रतिवेदनअनुसार १५ दशमलव ३० प्रतिशत उद्योग–प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिएका थिएनन्। त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरुलाई न्युनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव छ प्रतिशत छ। प्रतिवेदनमा श्रम शोषण विकराल अवस्थातर्फ लम्किँदै गएको उल्लेख छ।

Advertisement

श्रम ऐन २०७४ मा उद्योग प्रतिष्ठानमा दैनिक आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय श्रमिकलाई काम लगाउन नपाइने व्यवस्था भए पनि पूर्णरुपमा लागू नभएको तथ्याङ्कले जनाएको छ। जिफन्टले श्रमिक माथिको शोषण झन् बढेको बताएको छ । दैनिक ८ घण्टा काममा लगाउनुपर्नेमा १२ घण्टासम्म काममा लगाउँदा पनि अतिरिक्त समयको पारिश्रमिक नपाउने र श्रम शोषणले बैधानिकता पाउने प्रवृति बढेको जनाएको हो ।

पत्रकार सम्मेलन गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग–प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थामा यस वर्ष पनि सुधार नदेखिएको बताए । ०८० साउन १ गतेबाट लागू भएको न्यूनतम पारिश्रमिक नदिने उद्योग–प्रतिष्ठानको संख्या २१ दशमलव ७ प्रतिशत रहेको उनले बताए । सामाजिक सुरक्षा कोषमा आवद्ध भएपनि ४५ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानले श्रमिकहरुको पुरानो उपदान र सञ्चयकोष आफैले उपयोग गरिरहेको पाइएको अध्यक्ष श्रेष्ठले बताए ।

महासङ्घको अडिट ‘रिपोर्ट’मा गत वर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमध्ये ४६ दशमलव ४० प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो। यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ६१ दशमलव एक प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ। यसबाट औद्योगिक प्रतिष्ठानमा काम बढेको स्पष्ट हुन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top