NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?

मङ्लबार बैशाख १८ , २०८१
Reading Time: 1 min read
A A
उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ वैशाख , विराटनगर ।

यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेले क्लिनस्वीप गरेको छ। नेकपा एमालेका उम्मेदवार दुवै स्थानमा निर्वाचित भएका छन्।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ’१’ मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए ।

LS Auto

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

त्यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। यता इलाम–२ मा २७ हजार ७७२ मत ल्याएर सुहाङ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत पाए।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याए भने चौथोमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत हात पारे। मिलनले जमानतसमेत जोगाउन सकेनन् ।
उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन । उपनिर्वाचनबाट बझाङमा एमालेले कांग्रेसबाट एक सिट खोस्न सफल भएको छ । दुवै क्षेत्रबाट चुनिएका सांसदको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

२०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ११४ मतमात्र कम पाएका थिए।

नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत हात पारेका थिए। तर सभापति शेरबहादुर देउवा निकट मानिएका उनी यसपटकको चुनावमापनि सहजै पराजित भएका छन् । खड्का निर्माण व्यवसायी हुन्।

उनी लगातार बाबुछोरासँग पराजित भएका छन् । उनी शेखर कोइराला पक्षधर भेषराज आचार्यलाई हराउँदै जिल्ला पार्टी सभापति बनेका थिए।इलाम–२ नेकपा एमालेले जित्दै आएको क्षेत्र हो। उक्त क्षेत्रमा २०५६ सालदेखि एमालेका सुवास नेम्बाङले जित्दै आएका थिए।

सोही कारण पनि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो। निर्वाचित पछि सुहाङले भनेका छन्, बुवाले दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु ।

इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ साथै उनले चुनाव प्रचारप्रसारमा खट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन् ।

उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उनले विजयसभामा समेत पार्टीं अध्यक्ष केपी शर्मालाई साँची राखेर इलामेली मतामाझ उनीहरुको शिर निहुरिने गरी कुनै पनि काम नगर्ने बताएका छन्।चुनावी प्रतिस्पर्धामा बझाङको १ को क मा तेस्रो स्थान बनाएका माओवादीका उम्मेदवार बुढा मत परिणामबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।

पार्टी बनाउनका लागि एकल प्रतिस्पर्धा गर्न नेतृत्वले आँट गर्नुपर्ने उनको भनाइ छ ।उपनिर्वाचनलाई निकै नजिकबाट नियालेका माओवादीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले उपनिर्वाचनबाट माओवादीको मत सुरक्षित भएको र सङ्गठन बन्ने आधार तय भएको बताएका छन् ।

साथै निर्वाचन परिणामले आगामी दिनमा वामपन्थीबिच ध्रुवीकरण गर्ने बलियो आधार भएको उनको बुझाइ छ। चुनावी परिणाम पार्टीको पक्षमा नआए पनि एकल प्रतिस्पर्धामा आफ्ना उम्मेदवारले झण्डै चार हजार मत ल्याउनुले सकारात्मक सन्देश गएको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए ।

वामपन्थी मिलेर जाने कुरा अझ राम्रो हुने भन्दै उनले त्यसो हुन सकेन भने पार्टी बनाउन सिङ्गल प्रतिस्पर्धालाई आकार दिने प्रस्ट पारेका छन् ।चुनाव जित्ने आशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।

नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ ।

उता जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् । इलाम–२ मा जनमत पार्टीले ११८ अर्थात ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ । अगामी दिनमा झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने उनले दाबी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा इलाम र बझाङको चुनावबाट जनताले पनि पुनर्विचार गर्नु जरुरी रहेको उल्लेख गरेका छन् । मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’ उनले भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो ।’

उनले रास्वपालाई भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो । इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको हो ।

यस्तै बझाङ–१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।उपनिर्वाचनपछि एमालेका प्रतिनिधिसभा सदस्य संख्या ७९ रहेको छ भने कांग्रेसका ८९, माओवादीका ३२ छन् । रास्वपाको १९, राप्रपा १४, जसपा १२, नकपा एस १०, जनमत ६, र अन्यको यथाव छ ।

बझाङमा एमालेका उम्मेदवार विजयी भएपछि सुदूरपश्चिम प्रदेशमा अब एमालेका ११ जना सांसद भएका छन् । ५३ सदस्यीय प्रदेशसभामा अब कांग्रेस १८ सहित माओवादी सभामुखसहित ११, एमाले ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा एक र स्वतन्त्र एक सांसद छन् ।

भर्खरै सम्पन्न उपचुनावमा एमालेले गरेको क्लिनस्वीप, रास्वपाद्वारा हार स्वीकार, बझाङ प्रदेशसभामा कांग्रेसले गुमाएको एक सिट र अन्य पार्टीको जमानत जफत र पराजयबारे तपाईको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।

Tags: #उपनिर्वाचनमा एमालेको क्लिनस्वीप#जमानत जफत किन भयो ?

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.