×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

तराई ४० डिग्रीमाथि, उखर्माउलो गर्मीबाट कसरी बच्ने ?

२० बैशाख २०८१

२० वैशाख , काठमाण्डौ।

दिनदिनै तापक्रम बढ्दै जाँदा देशैभर उर्खरमाउलो गर्मी हुन थालेको छ । तराईमेधशमा झनै तातो हावा र गर्मीले जनजीवन थप कष्टकर बनेको छ । तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ ।

Advertisement
Advertisement

जल तथा मौसम विज्ञान विभागले यसअघि नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको थियो । तर भोलिदेखि पनि तातो हावा चल्ने जोखिम कायमै छ । भोलिदेखिको अवस्थाबारे अध्ययन भैरहेको र आज बेलुकासम्म थप जानकारी दिने विभागका मौसमविद राजु प्रधानाङ्गले बताएका छन् ।

भैरहवा, जनकपुर, सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । तापक्रम बढेर तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नहिँड्न, हल्का लुगा तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पटकपटक पानी तथा जुस, सर्वत, पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यसबीच बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement

कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top