NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

अध्ययन खर्च दिएरमात्रै छोराछोरीलाई क्यानडा पठाउनू

बिहिबार बैशाख २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
क्यानडामा फेरि अर्का खालिस्तानीमा गोलीको वर्षा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० वैशाख , काठमाण्डौ।
नेपाली विद्यार्थीहरुका लागि क्यानडा समेत अध्ययनको प्रमुख रोजाइ बन्दै आएको बेला क्यानडाका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो।

‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ,’ दूतावासले जानकारीपत्रमा भनेको छ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के–कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।’

क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासले जनाएको छ। ‘कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ,’ दूतावासले भनेको छ।

यस्तै विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज÷विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिलमा उल्लेख छ।

धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुने जनाउँदै दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज÷विश्वविद्यालय, ती कलेज÷विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुन विद्यार्थीसँग आग्रह गरेको छ ।

क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको जानकारी गराउँदै दूतावासले भनेको छ, ‘अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ।

त्यसबाहेक निजी–सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति÷वर्क परमिट जारी नगर्ने नीति लिएको छ।अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ।

’क्यानडा पुगिसकेका विद्यार्थीहरूलाई पनि सचेत हुन दूतावासले अनुरोध गरेको छ।‘कार्यस्थलमा श्रम शोषण÷दुर्व्यवहार÷ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा÷आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा ट्राफिक नियम राम्रोसंग पालना गर्न समेत दूतावासले भनेको छ ।

Tags: #अध्ययन खर्च#क्यानडाका लागि नेपाली दूतावास

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.