मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट

१९ बैशाख ८१, बिहीबार

२० वैशाख ,  काठमाण्डौ ।

नेपालबाट बलिउडमा जमेकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत प्रमुख भूमिकामा ओटीटीमा देखिएकी छन् । यो भन्सालीको ओटीटीमा डेब्यु सिरिज हो । आठ एपिसोडको प्रतीक्षित सिरिजमा अभिनेत्री मनिषा कोइरालाको शीर्ष भूमिका छ, जहाँ उनले मल्लिका जानको भूमिका निर्वाह गरेकी छन् ।

शृङ्खलामा १९४० को दशकको लाहोर हिरामण्डीको यौनकर्मीको कथा छ । जसमा भारतलाई स्वतन्त्र गराउनमा उनीहरुको कति ठूलो योगदान थियो भन्ने देखाइएको छ । सिरिजको कथा शाही इलाका हिरामण्डीको हो, जहाँ त्याहाका यौनकर्मी महिलाहरुको शक्ति हुन्छ । सिरिजको कथा मल्लिकाजान नामक एक पात्र वरिपरि घुम्छ । यी पात्र नै हुन् मनिषा कोइराला ।

मल्लिका जान बिना कुनै डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको शत्रुकी छोरी फरीदान जसको भूमिका सोनाक्षी सिन्हा ले निभाएकी छन् । उनको आगमनसँगै कथाले अर्के मोड लिन्छ । सिरिजले वफादारी, अफवादारी र घृणाका कथाहरू बीचको स्वतन्त्रताको लडाइलाई चित्रण गरेको छ । मनिषा कोइराला मल्लिकाजनजस्तै शक्तिशाली छिन् । लज्जोको चरित्रमा ऋचा चड्डाको दर्दनाक चरित्र देखाइएको छ ।

सच्चा प्रेम टुटेका प्रेमीहरूले उनको चरित्रसँग आफूलाई जोड्नेछन् । सोनाक्षी सिन्हाले सिरिजमा मनिषा कोइरालालाई कडा टक्कर दिएकी छिन् । मल्लिकाजानकी छोरी बिब्बोजानको भूमिकामा अदिती राव हैदरी निकै सुन्दर र गम्भीर देखिएकी छिन् । मल्लिकाजानकी दोस्रो छोरी आलमजेबको भूमिकामा सञ्जय लीला भन्सालीकी भान्जी शरमिन सहगल देखिएकी छिन् ।

वहिदाको चरित्रमा सञ्जीदा शेख देखिएका छन् । शृङ्खलाका पुरुष पात्रहरुमा ताजदारको भूमिकामा ताह शाह बदुशा छन् भने फरदीन खान लामो समयपछि यस सिरिजबाट अभिनयमा कम्ब्याक गरेका छन् । सिरिजमा शेखर सुमन र अध्यायन सुमनले समेत भूमिका निभाएका छन् । सिरिजको मिश्रित समीक्षा गरिएको भएपनि मल्लिका जान अर्थात मनिषा कोइरालाको अभियनयको भने भारतीय संचारमाध्यामहरुले खुलेर प्रशंसा गरेका छन् ।

इण्डिया टुडेले सिरिजको प्रशंसा गर्दै मनिषाले करिअरकै उत्कृष्ट प्रस्तुति दिएको उल्लेख गरेको छ । तुषार जोशीले भनेका छन्, ‘उनी भन्सालीको दर्शनमा आफूलाई समर्पण गर्छिन् र हरेकको धड्कनलार्ई पूर्णरूपमा पछ्याउँछिन् । सायद नारीहरूमाझ सबैभन्दा उत्कृष्ट लिखित चरित्र । कानमा झुण्डिएको हीराजस्तै उनी चम्किएकी छन् ।’

यस्तै टाइम्स नाउले ३.५ स्टार रेटिङ दिंदै सिरिजमा मनिषाले उत्कृष्टतापूर्वक कमान्ड सम्हालेको तर कथा तन्काइएको लेखेको छ । कोइमोइले हेडलाइन लेखेको छ– ‘भन्सालीले आठ घण्टा लामो पुतलीको सेटजस्तै भव्य सिरिज त बनाए तर म अझै केही खोज्दै नियाल्दैछु ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top