विश्वकप खेल्ने टिम वेस्टइन्डिज ए सँग नै हार्याे

१९ बैशाख ८१, बिहीबार

२० वैशाख , काठमाण्डौ ।
नेपालसँगको पाँच खेलको ती २० सिरिज पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै जितेको छ । चौथो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको नेपाल कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत २८ रनको पराजित भएको छ। जितसँगै एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ।

पहिलो खेल नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३–१ को अग्रता लिएको छ। आज नेपाललाई सिरिज बराबरी गर्न जित्नै पर्ने दबाब थियो । यसैले नेपालले घोषित विश्वकपकै टोली मैदानमा उतारेको थियो । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अलआउट भयो। खेलमा नेपालका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गरे। यसअघि पहिलो खेलमा शतक (११२ रन) र दोस्रो खेलमा अर्धशतक (७१८) प्रहार गरेका रोहितले वेस्ट इन्डिजविरूद्ध खेल्दा लगातार तीन खेलमा ५० रन माथिको स्कोर गरेका हुन्।

Advertisement

उनी तेस्रो खेलमा भने टिममा थिएनन्। रोहितले ५४ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ८४ रन जोडे। दीपेन्द्रसिंह ऐरी र गुल्सन झा १९–१९ रन जोडेर आउट भए। प्रतिश जिसी पनि डक आउट भए। अन्तिम बल बाँकी छदा आउट भएका सोमपाल कामीले १० रन र अभिनास बोहराले नटआउट १७ रन जोडे । त्यसअघि खेलमा दुवै ओपनरले खराब ब्याटिङ गरे।

आसिफ शेख पहिलो ओभरमा शून्यमा बोल्ड भए भने कुशल भुर्तेलले ५ बलमा १ रन मात्र जोड्न सके। बलिङमा वेस्ट इन्डिजका ओबेड म्याक्वे र हेडन वाल्सले ३–३ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो। वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे।

Advertisement

नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए। वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट हात पारे।

अब नेपाल र वेस्ट इन्डिजबीचको पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ। नेपालले आगामी टी–२० विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top