Nepal Times
Nepal Times
3
Shares

टर्कीले तोड्यो इजरेलसँगको सम्बन्ध

टर्कीले तोड्यो इजरेलसँगको सम्बन्ध

२१ वैशाख , एजेन्सी ।

टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएको छ ।

व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने बताएको छ ।

इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गदै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह भनेका छन् ।

टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजले आरोप लगाएका छन् ।

सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश थियो ।

सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.