२१ वैशाख , एजेन्सी ।
मङ्गोलियाले २०२१ मा राष्ट्रिय रुख रोपण अभियान शुरु गरेदेखि हालसम्म देशभर ४२ मिलियन रूख रोपेको छ ।
कम्तिमा ६३ मिलियन बिरुवाहरू हालसम्म भण्डार गरिएको छ ।
यसले आगामी राष्ट्रिय वृक्षरोपण दिवसमा सक्रिय रूपमा सहभागी हुन जनतालाई आग्रह गरेको छ ।
भूपरिवेष्ठित देश मंगोलियामा मे ११ मा देशको सबैभन्दा ठूलो वृक्षरोपण र प्रकृति हेरचाह कार्यक्रम अवलोकन गर्ने अपेक्षा गरिएको छ ।अक्टोबर २०२१ मा मङ्गोलियाले राष्ट्रव्यापी रूख रोपण अभियान बिलियन ट्री शुरु गरेको थियो ।
देशका राष्ट्रपति उख्ना खुरेलसुखले संयुक्त राष्ट्र महासभालाई अभियानले मरुभूमिकरणसँग लड्न २०३० सम्ममा कम्तीमा एक अर्ब रूख रोप्ने लक्ष्य राखेको छ ।