×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग

२१ बैशाख २०८१

२१ वैशाख, काठमाण्डौ ।
सहकारी ठगी प्रकरणमा मुछिएकी आफ्ना सांसदलाई अनुशन्धानमा अघि सारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्रालयसहित सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई कडा चुनौती दिएको छ । रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहितका नेताहरु विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लागिरहेको छ ।

यस्तोमा राप्रपाले सहकारीबाट करोडौं रुपैयाँ अपचलनमा मुछिएकी पार्टीकी समानुपातिक सांसद गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सहकारीको बचत अपचलनमा मुछिएकी सांसद बस्नेतलाई राज्यका निकायले गर्ने निष्पक्ष छानबिनमा सहयोग गर्न निर्देशन दिएको हो ।

Advertisement
Advertisement

नवलपरासी पूर्वमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी रकम ठगी प्रकरणमा उनी मुछिएकी छिन् । सहकरीको बचत अपचलनमा मुछिएपछि वैशाख १४ गते सांसद बस्नेतसहित ८ जनाविरुद्ध जिल्ला अदालत नवलपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएकोमा सो सम्बन्धि छानबिनमा सघाउ पुर्याउन गीता बस्नेतलाई निर्देशन दिइएको छ । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निश्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धि त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ’ पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठका अनुसार बस्नेत अहिले पार्टी नेताहरुको सम्पर्कमा समेत छैनन् । बैठकले बस्नेतलाई अनुसन्धानका लागि राज्यलाई सघाउन र बस्नेतका साथै सहकारी ठगी प्रकरणमा जोडिएका मन्त्री, नेता सबैको निष्पक्ष छानबिन गर्न राप्रपाले माग गरेको श्रेष्ठले बताए । समाचार आएपछि आफ्नो पार्टीकी सांसदलाई छानबिनमा सघाउन र अनुसन्धान गर्न सरकारलाई माग गरिरहँदा सरकारमा रहेका मन्त्रीलाई भने गिज्याएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल सहकारी ठगीमा मुछिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपा लगायतले उनीहरुमाथि छानबिनको माग गरिरहे पनि सत्तापक्ष बचाउमा उत्रिएको छ भने आरोपी मन्त्रीहरुले राजीनामा दिन नपर्ने बताइरहेका छन् ।

सांसद बस्नेत जोडिएको सहकारी ठगीमा नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा पनि एउटै समूहको संलग्तना रहेको पाइएको छ । कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी, चितवनको सनराइज सहकारीबाट बचतकर्ताको २० करोड रुपैयाँ भन्दा बढी र बर्दियाको नमस्ते सहकारीबाट ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

Advertisement

बचतकर्ताले दिएको उजुरी र अहिलेसम्मका प्रारम्भिक अनुसन्धानले बस्नेतको समेत संलग्नता देखाएको छ । उनको समेत संलग्ना देखिएको र उनीसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । राप्रपाले बर्दियाबाट गीता बस्नेतलाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । अहिले उनी प्रहरीको फरारको सूचीमा रहेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top