Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग

शुक्रबार बैशाख २१ , २०८१
Reading Time: 1 min read
A A
रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ वैशाख, काठमाण्डौ ।
सहकारी ठगी प्रकरणमा मुछिएकी आफ्ना सांसदलाई अनुशन्धानमा अघि सारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्रालयसहित सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई कडा चुनौती दिएको छ । रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहितका नेताहरु विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लागिरहेको छ ।

यस्तोमा राप्रपाले सहकारीबाट करोडौं रुपैयाँ अपचलनमा मुछिएकी पार्टीकी समानुपातिक सांसद गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सहकारीको बचत अपचलनमा मुछिएकी सांसद बस्नेतलाई राज्यका निकायले गर्ने निष्पक्ष छानबिनमा सहयोग गर्न निर्देशन दिएको हो ।

नवलपरासी पूर्वमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी रकम ठगी प्रकरणमा उनी मुछिएकी छिन् । सहकरीको बचत अपचलनमा मुछिएपछि वैशाख १४ गते सांसद बस्नेतसहित ८ जनाविरुद्ध जिल्ला अदालत नवलपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएकोमा सो सम्बन्धि छानबिनमा सघाउ पुर्याउन गीता बस्नेतलाई निर्देशन दिइएको छ । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निश्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धि त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ’ पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठका अनुसार बस्नेत अहिले पार्टी नेताहरुको सम्पर्कमा समेत छैनन् । बैठकले बस्नेतलाई अनुसन्धानका लागि राज्यलाई सघाउन र बस्नेतका साथै सहकारी ठगी प्रकरणमा जोडिएका मन्त्री, नेता सबैको निष्पक्ष छानबिन गर्न राप्रपाले माग गरेको श्रेष्ठले बताए । समाचार आएपछि आफ्नो पार्टीकी सांसदलाई छानबिनमा सघाउन र अनुसन्धान गर्न सरकारलाई माग गरिरहँदा सरकारमा रहेका मन्त्रीलाई भने गिज्याएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल सहकारी ठगीमा मुछिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपा लगायतले उनीहरुमाथि छानबिनको माग गरिरहे पनि सत्तापक्ष बचाउमा उत्रिएको छ भने आरोपी मन्त्रीहरुले राजीनामा दिन नपर्ने बताइरहेका छन् ।

सांसद बस्नेत जोडिएको सहकारी ठगीमा नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा पनि एउटै समूहको संलग्तना रहेको पाइएको छ । कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी, चितवनको सनराइज सहकारीबाट बचतकर्ताको २० करोड रुपैयाँ भन्दा बढी र बर्दियाको नमस्ते सहकारीबाट ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

बचतकर्ताले दिएको उजुरी र अहिलेसम्मका प्रारम्भिक अनुसन्धानले बस्नेतको समेत संलग्नता देखाएको छ । उनको समेत संलग्ना देखिएको र उनीसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । राप्रपाले बर्दियाबाट गीता बस्नेतलाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । अहिले उनी प्रहरीको फरारको सूचीमा रहेको बताइएको छ ।

Tags: #राप्रपाले रास्वपालाई गिज्यायो#रविलाई राप्रपाले गिज्यायो

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.