×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

जिबी राई कहिले समातिन्छन् ? के भन्छन् रवि ?

२९ बैशाख २०८१

२९ वैशाख , काठमाण्डौ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई भगाइएको खुलासा गरेका छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन् । फरार रहेका उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ । राईलाई यसअघिको सरकारले भगाएको रविले आरोप लगाएका छन् ।

Advertisement
Advertisement

चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि !’

त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ?‘ गृहमन्त्रीले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताए ।

उनले राईलाई पक्राउ गरी नेपाल ल्याउनका लागि कोशिस भइरहेको पनि बताए । ‘समात्दै छु कोशिस भइरहेको छ । त्यसका लागि गृह मन्त्रीको आदेशका काम भएको छ । त्यसका अन्य प्रक्रियाका काम आइरहेका छन्। कतिपय प्रक्रियाका कुराहरू ठ्याक्कै सार्वजनिक गर्न सकिँदैन,’ उनले भने । त्यसबारेमा मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेले बताए।

मलेसियासँग सुपुर्दुगी सन्धी नभएकाले पनि कठिन भएको उनले बताए । ‘सुपुर्दुगी सन्धी भएको छैन । त्यो कठिनाइका कारण पोलिटिकल डायलगहरूको आवश्यक पर्छ। डिप्लोमेटिक कुराहरू हुन्छन् अहिले ठ्याक्कै सार्वजनिक गर्न मिल्दैन,’ उनले भने । यस्तै लामिछानेले संसदमा बोल्ने आफ्नो अधिकारको हनन भएको पनि बताए ।

संसद सार्वभौम हुने भएकाले कसलाई बोल्न दिने नदिने भन्ने नहुने पनि उनले बताए । ‘संसदलाई कांग्रेसले आदेश दिने होइन । कांग्रेसले रास्वपालई आदेश दिने होइन । यसो गर उसो गर भनेर । संसदमा पुगेको मान्छेले एक पटक सदनमा बोल्न पाउँ भनेको छु त्यति अधिकार छैन?,’ उनले भने । लामिछाले सहकारी भनेकै रवि लामिछाने भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।

Advertisement
Advertisement

उनले आफू गृहमन्त्री भएपछि कैयौं राम्रा कामहरू भएपनि सहकारी सहकारी भनेर त्यसलाई ओझेल पार्न खोजिएको भन्दै दुखेसो पनि पोखे । ‘डेढ दुई महिनामा भएका कामहरू हेर्नुभयो भने राम्रा काम भएका छन्। सहकारी सहकारी भन्नुभयो भने सबै छोपिन्छ,’ उनले भने ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top