काठमाण्डौमा एक हप्ता लोडसेडिंग

२८ बैशाख ८१, शनिबार

२९ वैशाख ,  काठमाण्डौ । 

काठमाण्डौका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म लोडसेडिंग हुने भएको छ । ती स्थानहरुमा दैनिक ६ घण्टा बिजुली नआउने भएको हो । काठमाण्डौको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । आज, भोलि र पर्सिसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ ।

आज शनिवारदेखि सोमवारसम्म पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुङ्गा, खड्कागाउँ, खत्रीगाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

त्यसैगरी सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्कागाउँ, न्यु डाइमण्ड, पुरानो हिमशिखर, पिपलबोट, थानकोट, डाँडा कारखाना, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि आजदेखि दैनिक ६ घण्टा बत्ती जानेछ ।

त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्ज्याङ, बाईछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी जेठ २ गते बुधवारदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा कटौती हुनेछ । थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुनेछ।

त्यसैगरी बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुङ्गेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

यसैबीच कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भोलि मैत्रीनगर र टेंगलाफाँट क्षेत्र तथा पर्सि कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा पनि बिजुली अवरुद्ध हुनेछ ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top