प्लेअफमा पुगिसकेको कोलकाता गुजरातसँग खेल्दै

३० बैशाख ८१, सोमबार

३१ वैशाख , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ । कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो ।

आईपीएलमा भने चौथो पटक कोलकाता र गुजरात भिड्दैछन् । यी दुईबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो । यसैबीच दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले हराएको हो । बेंगलुरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । जित पछि पाँचौँ स्थानमा उक्लिएको बेंगलुरुको १३ खेलमा १२ अङ्क भएको छ ।

समान खेल र समान अङ्क रहेको दिल्ली छैटौँ स्थानमा छ । यस्तै राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले पनि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १० बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अङ्क सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top