×

NEPAL TIMES UPDATES

Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026
Playing
WORLD NEWS:पैसा निकाल्न कं*काललाई नै बैंक पुर्याएपछि‘अराघची फेरि इस्ला*माबादमा|
Apr 28, 2026
Playing
अमेरिकाविनाको NATO कस्तो होला ? कसरी चल्छ NATO ? || Nepal Times
Apr 28, 2026
Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026

जसपा सरकारबाट बाहिरियो, उपेन्द्रको राजीनामा

३१ बैशाख २०८१

३१ वैशाख , काठमाण्डौ ।

चौथो ठूलो शक्तिका साथ उपप्रधान एवं स्वास्थ्य मन्त्रालय लिँदै प्रचण्ड नेतृत्वको सरकारमा गएको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । अशोक राई लगायतको ठूलो शक्तिले पार्टी विभाजन गरेपछि जसपाभित्रै ५ सिटमा सिमित भएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

Advertisement
Advertisement

यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामापत्र बुझाएका हुन् । “सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” उनले राजीनामापत्रमा लेखेका छन्, “आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवसँगै सोही पार्टीका तर्फबाट वन राज्यमन्त्री बनेका दीपक कार्कीले पनि राजीनामा दिएका छन् । आफू अमेरिकामा रहेका बेला प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाइदिएको यादवको आरोप छ । जसपा, नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् ।

उक्त पार्टीलाई निर्वाचन आयोगमा निवेदन दिएको २० घण्टा पनि नबित्दै आधिकारिकता दिएपछि यादवसमूह आक्रोशित थियो । वर्तमान सरकारमै बसेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै गठबन्धन ढाल्न यादव लागिपरेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।

पालैपालो प्रधानमन्त्री बन्ने लोभमा यादव लागेर देउवासँग नयाँ गठबन्धन गर्न लागेको आरोप सत्तापक्षको थियो । राजीनामापछि यादवले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएको बताएका छन् । अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन भएपछि उक्त समूहले उपेन्द्रले कांग्रेससँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयास गरेका कारण स्थायित्वका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए ।

अमेरिकाबाट फर्किएपछि उपेन्द्रले प्रधानमन्त्रीसँगको भेटमा पार्टी विभाजन गर्दा गलत आरोप लगाएको बताएका थिए । यादवको राजीनामासँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । योसँगै सरकारलाई समर्थन गरेका पाँच सांसद घटेको छ । ७ सांसद रहेको जसपा नेपालले भने सरकारलाई दिएको समर्थन यथावत रहने बताउँदै आएको छ ।

Advertisement

जसपा विभाजनपछि मधेश सरकार समेत अप्ठ्यारोमा परेको छ । मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन् । उनीहरुले जनमतलगायतका दलसँग सहकार्य गर्र्दै मधेशमा नयाँ सरकार बनाउने तयारी गरेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top