शहीद स्मारक ‘ए’ डिभिजन लिग : विजेतालाई ५० लाख, प्रत्येक खेल जितेबापत रु ५० हजार

Share this
691shares

काठमाडौँ, भदौ ३१
चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।

Advertisement

चौंथोले रु १५ लाख, पाँचांैले रु सात लाख र छैटौंले रु पाँच लाख पाउने एन्फाले जनाएको छ । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् भने प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ । त्यस्तै म्यान अफ दि म्याच घोषित हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् ।

लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ ।

Advertisement

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् ।

Advertisement

यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ । लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराउने छ ।

उक्त प्रतियोगिताको लागि रु पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ) मैदानमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top