NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास

सोमवार जेष्ठ ७ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ वैशाख , विराटनगर।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा १५७ सांसद उभिएका थिए विपक्षमा भने एकजना मात्रै रहेका छन् । तेस्रो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत नै परेको थियो । अर्थात् उनले तेस्रो र चौथोपटक विश्वास संख्याका हिसाबले कायम राखेका छन् । जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । तर उनलाई यो विश्वासको मत लिन भने ठूलो हैरानी खेप्नु परेको छ ।

यससँगै प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउने भूमिकामा रहेका सभामुखले यसैकारण दलको कार्यकर्ता भएको आरोप सहनु परेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मार्शलले घेरेर प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । मर्यादापालकको बाक्लो उपस्थितिमा विश्वासको मत माग्दै सभा सञ्चालन गरिएको थियो । सुरुमा पहिलो बैठक कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिए ।

Advertisement

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पु¥याइएको थियो । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पु¥याए । नाराबाजीका बीच प्रधानमन्त्रीले विश्वासको मत मागे । नाराबाजीकै बीच मतदान भयो भने विश्वासको मत रहेको घोषणा पनि भयो । एकातिर नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहँदा प्रतिनिधि सभामा रमिता देखिएको थियो ।

उनले तेस्रोपटक मत लिँदा १५७ मत पाएका थिए । त्यतिबेला एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र आम जनता पार्टीका एक सांसदले विश्वासको मत दिएका थिए । जसपा नेपाल विभाजनपछि सरकारलाई अशोक राई नेतृत्वको जसापाका ७ जनाले समर्थन कायमै राखेका छन् । जसपा नेपालका ५ जना सांसदले समर्थन फिर्ता लिएकाले सरकारसँग १५२ जनाको समर्थन कायमै देखिन्छ ।

यद्यपि जसपा विभाजनको टुङ्गो नलागेको अवस्थामा प्रधानमन्त्रीले लिने विश्वासको मतले वैधता नपाउने ठहर गर्दै त्यसलाई रोक्न अध्यक्ष उपेन्द्र यादवले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि कम्तीमा १३८ मत आवश्यक पर्छ । हाल प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमत पार्टीका ६, जसपा नेपालका ५, लोसपा र नाउपाका समान चार÷चार सांसद छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीको समान एक÷एक र स्वतन्त्रका दुई सांसद छन् । तीमध्ये एमालेका देवराज घिमिरे सभामुख भएका र अर्का सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाले निलम्बनमा परेका छन् ।फागुन २७ गते सरकारमा सामेल भएको जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।

७ सांंसदले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता लिएका थिए । यादवले निर्वाचन आयोगले असंवैधानिक ढंगबाट पार्टी विभाजनको निवेदनलाई मान्यता दिएको भन्दै यादवले सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालनी अन्तरिम आदेश जारी गरेको थियो । उनको रिटमा मंगलबारबाट सुनुवाइ हुने तय भएको थियो ।

त्यसबाहेक जसपा नेपाल विभाजन भएर गएका सांसदहरु विश्वासको मतमा उपस्थित हुन नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् । जसपाले सभामुखलाई ७ सांसदलाई मतदानमा सहभागि नगराउन भन्दै लेखेको पत्र र सर्वाेच्चको जसपा नेपालको पक्षमा आउन सक्ने फैसलाको डरले प्रचण्डले आज विश्वासको मत लिएका छन् । २७५ सदस्यीय संसद्को विश्वास रहन १३८ सांसदको आवश्यकता पर्छ ।

उनले १५७ मत प्राप्त गरे । उनलाई सत्तासाझेदार ठूलो दल नेकपा (एमाले),माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले मत दिए ।तत्कालीन नेपाली कांग्रेससहितका दलको चुनावी गठबन्धन छोडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ०७९ पुष १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

कांग्रेसले प्रधानमन्त्री दिन अस्वीकार गरेपछि उनी एमालेसहितका ७ दलको साथमा प्रधानमन्त्री बनेका थिए । उनले सदनमा पहिलोपटक पुस २५ गते विश्वासको मत लिए । त्यतिबेला प्रचण्डले २६८ सांंसदको विश्वास पाएका थिए । एमालेसँगको गठबन्धन झण्डै दुई महिनामात्रै टिक्यो । राष्ट्रपतिको विषयमा कुरा नमिल्दा प्रचण्डले एमालेसँगको गठबन्धन तोडे र फेरी कांग्रेससँगै जोडिन पुगे । एमालेसहितका दलले समर्थन फिर्ता लिएपछि दोस्रो पटक फागुन ०६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला उनको पक्षमा १७२ मत परेको थियो । विपक्षमा ८९ सांसद रहे । एक सांसद तटस्थ बसेका थिए । तेस्रोपटक विश्वासको मत लिँदा ग्राफ झनै ओरालो लाग्यो । उनकै भाषामा उथलपुथल भइरहँदा १५ महिनाको अवधिमा तेस्रोपटक विश्वासको मत लिनु परेको थियो । राष्ट्रपतिको विषयले बनेको गठबन्धन राष्ट्रियसभा अध्यक्षको चुनावअघि भत्कियो । कांग्रेससँगको गठबन्धन फेरेर एमालेसँग गठबन्धन बनाए ।

उनले ०८० फागुन ३० गते विश्वासको मत लिए । उनको प्रचण्डको पक्षमा १५७ सांसद उभिएका थिए । विपक्षमा ११० मत परेको थियो । १ सांसद तटस्थ रहेका थिए । प्रधानमन्त्री बनेको १७औं महिनामा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । उनी प्रधानमन्त्री बनेको जेठ १० गते १७ महिना पूरा हुँदैछ । तेस्रो पटकको विश्वासको मत लिँदा प्रधानमन्त्रीको विपक्षमा उभिएको जनमत पार्टी भने यसपटक पक्षमा उभियो । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आठ दिन नहुँदै प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप लगाएका छन् । उनले सत्तापक्षमा निरंकुशताको मनोवृत्ति हाबी भएको बताए । बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिनकुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको बताए । यस्तै उनले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको बताएका छन् ।

उनले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी पनि दिएका छन् । उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए । माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेमा १०–१२ पल्ट विश्वासको मत लिने बताएका छन् । उनले विश्वासको मत लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । “जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु,” उनले भने, “नेपालमामात्रै होइन विश्वको मत लिन्छु । कांग्रेसले अर्को चुनावमा देख्छ ।”
प्रचण्डले १७ महिनाको छोटो अवधिमा चौथो पटक विश्वासको मत लिएका छन् । नेपालको संसदीय इतिहासमै यति छोटो अवधिमा एकै कार्यकालमा विश्वासको मत लिने प्रचण्ड नै पहिलो प्रधानमन्त्री हुन् । यस्तै विश्वासको मत लिँदा सदनमा देखिएको आजको जस्तो रमिता पनि पहिलो पटक नै हो । यसैले त रुष्ट बनेका प्रधानमन्त्रीले कांग्रेसलाई अबको चुनावमा देखाइदिने बताएका छन् भने कांग्रेसले जंगलबाट राजनीतिमा ल्याएको प्रचण्डलाई स्मरण गराएको छ ।

स्मरणीय कुरा के छ भने गएको चुनावमा माओवादी र कांग्रेस एकअर्काका कार्यकर्ताको मतबाट विजयी भएका हुन् । अहिले दुवै अलग अलग बाटोमा लागिसकेका छन् ।आज नाराबाजीका बीच मर्यादमापालक लगाएर विश्वासको मत लिनुलाई सत्तापक्षीय सांसदहरुले स्वभाविक भनेका छन् भने विपक्षी सांसदहरुले असभ्य, अलोकतान्त्रिक दम्भ लगायतका उपमा दिएका छन् । तपाईले भने आज संसदमा देखिएको गतिविधिलाई कसरी हेर्नुभएको छ ? आप्ना विचार अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#प्रचण्डको डरले दिलायो विश्वास#विश्वासको मत लिन सभामुखको मार्शल#संसदको आजको रमिता

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.