NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो मङ्लबार मंसिर १६ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री मङ्लबार मंसिर १६ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली मङ्लबार मंसिर १६ , २०८२
Next
Prev

समाचार

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?

बुधबार जेष्ठ ९ , २०८१
Reading Time: 1 min read
A A
कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ जेठ , काठमाण्डौ ।
नागरिकता सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइएको डिएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई पक्राउ गरेको विरोधमा उनलाई अदालत लैजादै गर्दा धनुष अदालत नजिकै नेविसंघका विद्यार्थीहरुले विरोध प्रर्दशन समेत गरेका छन् ।

अहिले अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो । उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो ।

LS Auto

दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए ।

उनले राज्यले २०३३÷२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए । सरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए ।

त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ । यस्तै सर्वोच्चमा पक्राउ आदेश बदर गरिपाऊ भन्दै रिट निवेदन दिएका थिए । यद्यपि उक्त रिट मंगलबार दर्ता भएन । यसैबीच सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । केही संचारमाध्यम भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको आरोप छ । यद्यपि नागरिकता कीर्तेको आरोप विशुद्ध अनुशन्धानको विषय रहेको भन्दै प्रेस स्वतन्त्रताको विषयसँग जोड्न नहुने कतिपय पत्रकारहरुले बताएका छन् ।

Tags: #कैलाश सिरोहिया पक्राउ

लोकप्रीय

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२

विचार

थप समाचार

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन
ताजा समाचार

खेलकुद

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

मङ्लबार मंसिर १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.