१५ जेठ ,काठमाण्डौ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो । पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा धनुषा पु¥याएको थियो ।
सुरूमा अदालत पेश गरिएका उनलाई अदालतले अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको थियो । उक्त म्याद सकेर दोस्रो पटक जेठ ११ गते (शुक्रबार) अदालतमा पेश गरिएको थियो । त्यस दिन अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । मुटुको समस्या देखाएपछि प्रहरीले उनलाई त्यस राति जनकपुर प्रादेशिक अस्पतालमा पु¥याएको थियो ।
त्यहाँबाट उनलाई थप उपचारको लागि भन्दै निजी काब्या अस्पतालमा राखिएको छ । सोमबार पुनः उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । यस्तै अदालतले अनुसन्धानलाई शीघ्रता दिन पनि आदेश दिएको छ ।