Nepal Times
Nepal Times
3
Shares

भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

१६ जेठ, विराटनगर । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ ।

नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद १५ हजार प्राप्त गरेको छ ।

यस्तै श्यामसुन्दर भजन समूहले दोस्रो हुँदै नगद १० हजार र श्री किशन भजन समूहले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गर्यो ।

तीनवटै समूहका तर्फबाट क्रमशः बिमला बुढाथोकी, लिला बास्तोला र गायत्रा नेउपानेले पुरस्कार र प्रमाणपत्र ग्रहण गरे ।

बटुकहरूद्वारा स्वस्ति वाचन र शंखघोष सहित कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उनले भजन किर्तनले ब्यक्तिलाई अनुशासित बन्न अभिप्रेरित गर्दै संस्कारयुक्त आचरणमा बस्न प्रोत्साहन गर्ने विश्वास ब्यक्त गरे ।

४२ समूहबाट करिब ५०० जनाले प्रत्यक्ष सहभागिता जनाएको प्रतियोगितामा विभिन्न धर्म सम्प्रदाय सँग सम्बन्धित भजनहरू प्रस्तुत भएका थिए ।

सहभागी सबै समूहलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको एमाले वडा अध्यक्ष नवराज काफ्लेले बताए ।

प्रतियोगितामा भजन शिरोमणी माधव घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.