Nepal Times
Nepal Times
3
Shares

नृत्योपासनाका विद्यार्थीहरुको वार्षिक मुल्यांकन सम्पन्न

नृत्योपासनाका विद्यार्थीहरुको वार्षिक मुल्यांकन सम्पन्न

१६ जेठ, विराटनगर । विराटनगर २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय नृत्योपासनाले मंगलबार विद्यार्थीहरुको बार्षिक मुल्यांकनतथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नृत्योपासनामा प्रशिक्षण गरिरहेका प्राथमिकदेखि तेस्रो बर्ष सम्मका१३ जनाविद्यार्थीहरु मुल्यांकन परीक्षामा सहभागि भएका थिए ।

विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नईंबाट स्नातकोत्तर पूरा गरेकी नृत्योपासना विराटनगरकी सञ्चालक एवम् प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराइरहेका छन् ।

मुल्यांकन परीक्षामा सहभागीहरुको निर्णायकमा प्रशिक्षक राठीसँगै कत्थक नृत्य प्रशिक्षक मनोवेन्द्रो दास रहेका थिए ।

परीक्षामा सहभागीहरु सबैजना अर्को चरणमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमाण पत्र समेत प्रदानगरिएको छ ।

विराटनगरमा सञ्चालित नृत्य विद्यालय नृत्योपासनामा शास्त्रीय संगीतका बिभिन्न रागमा नृत्य प्रशिक्षण हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.