लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित

१८ कात्तिक २०८३, बुधबार
Share this
749shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे ।

Advertisement

यो जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोड्न सफल ।

टोलीले दुई खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द ।

लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए।

निरोश डिक्वेलाले अविजित २७ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो।

पोखराका चमिका करुणरत्नेले सर्वाधिक २५ रन बनाए।

कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण थगुन्नाले १२ रन जोडे।

लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिए भने तिलक भण्डारीले दुई विकेट लिए।

शेर मल्ल, अभिनाश गौतम र रोहित पौडेलले समान एक विकेट लिए।

लगातार तेस्रो हार व्यहोरेको पोखराको टोली अंकविहीन हुँदै तालिकाको पुछारमा ।

यसअघि पोखरा सुदूरपश्चिमसँग ६ विकेट र जनकपुरसँग नौ रनले पराजित भएको थियो।

लगातारको हारले पोखराको प्लेअफ यात्रा कठिन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top