हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पु¥याउँदै त्रिवि

१८ कात्तिक २०८३, बुधबार
Share this
762shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको घरसम्म पु¥याइने ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता ।

Advertisement

सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको हस्ताक्षर ।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा सुरक्षित रूपमा हुलाकमार्फत पठाइने ।

कुल २२ बुँदामा समेटिएको सम्झौताअनुसार प्रमाणपत्र तथा अन्य चिठीपत्र व्यवस्थित रूपमा ढुवानी र वितरण गरिने ।

यसका लागि हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित ‘पोस्टल ट्र्याकिङ सिस्टम (पीआईटीएस)’ मा दर्ता गरिने व्यवस्था ।

यस प्रणालीबाट पठाइएका कागजात सही ठेगानामा पुगे वा नपुगेको जानकारी लिन सहज हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top