१८ कार्तिक , काठमाण्डौ ।
अमेरिकामा जारी मध्यावधि निर्वाचनअन्तर्गत जर्जिया, साउथ क्यारोलिना र भर्मन्टसहित ६ राज्यमा मतदान सम्पन्न ।
मतदान सकिएसँगै ती राज्यमा मतगणना सुरु ।

साउथ क्यारोलिनामा मात्रै १९ लाखभन्दा बढी मतदाताले मतदान गरेको अमेरिकी संचारमाध्यामहरुमा उल्लेख ।
यसपटक मतदान सुरु हुनुअघि नै ५ करोड ७६ लाखभन्दा बढी मानिसले प्रारम्भिक मतदानमार्फत आफ्नो मताधिकार प्रयोग गरिसकेका थिए।
फ्लोरिडा विश्वविद्यालयको तथ्यांकअनुसार प्रारम्भिक मतदानको यो संख्या सन् २०२२ को मध्यावधि निर्वाचनको तुलनामा बढी हो।
सन् २०२२ मा ४ करोड ५९ लाख मानिसले प्रारम्भिक मतदान गरेका थिए।
यसपटक प्रारम्भिक मतदानमा डेमोक्र्याटिक पार्टीका समर्थक बढी देखिएका छन्।
तर रिपब्लिकन पार्टीका समर्थकले सामान्यतया निर्वाचनकै दिन मतदान गर्न रुचाउने गरेको बताइएको छ।
एनबीसी न्युजको एक्जिट पोलको प्रारम्भिक नतिजाअनुसार करिब आधा मतदाताले मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्ने अवसरका रूपमा लिएका छन्।
४३ प्रतिशत मतदाताले ट्रम्पको विरोध गर्नु मतदानको कारण रहेको बताएका छन्।
फ्लोरिडाको ओस्सियोला काउन्टीमा प्रारम्भिक मतगणनामा डेमोक्र्याटिक उम्मेदवारको अग्रता ।
सन् २०२४ मा ट्रम्पले यस क्षेत्रमा एक प्रतिशतभन्दा बढी मतान्तरले जितेका थिए।



