१८ कार्तिक , काठमाण्डौ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज बुधबार पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै ।
कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।

मंगलबार पनि बालबालिकालाई यी औषधि खुवाइएको थियो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस कार्यक्रमबाट करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन ।
सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै ।



