१८ कार्तिक , काठमाण्डौ ।
स्वास्थ्य बीमा बोर्डद्धारा प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ’डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ ।
बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो प्रविधिमैत्री सेवा सञ्चालनमा ल्यायो ।

पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी यसको सुरुवात गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख ।
यस नयाँ प्रणाली लागू भएसँगै अब प्रदेश सरकार र स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा दर्ता तथा नवीकरण गर्न सक्ने ।
यसले बीमा दर्ता प्रक्रियामा लाग्ने समयको उल्लेख्य बचत हुने बोर्डको भनाइ ।



