साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डीएसपी प्रजित केसी र रामकुमार तिवारीलाई थुनामुक्त गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
सोही मुद्दाका अर्का आरोपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी अच्च अदातलको आदेश पछि यसअघि नै साधारण तारेखमा छुटिसकेका छन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
उच्च अदालतका न्यायाधिश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डीएसपी केसीलाई साधारण तारेख र गोरे भन्ने चुडामणी उप्रतीका सहयोगी मानिएका रामकुमार तिवारीलाई पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए ।
सो प्रकरणमा जिल्ला अदालत मोरङको गत जेठ ८ गतेको आदेशपछि थुनामा रहेका केसीलाई पुर्पक्षमा राख्नुपर्ने पर्याप्त आधार नभएको भन्दै उच्च अदालत विराटनगरले साधारण तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।