NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

भारतमा मोदी फेरि आउँछन् ? के भन्छ एक्जिट पोल ?

आइतवार जेष्ठ २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन लगत्तै मोदीको ट्वीट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेठ , एजेन्सी ।
विश्वकै सबैभन्दा ठूलो र लामो अवधिको आम चुनाव भारतमा सम्पन्न भएको छ । शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आंकलन सुरु गरेका छन् । अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।

इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलका अनुसार भारतीय जनता पार्टी (बीजेपी)को गठबन्धन एनडीएले ३६१ देखि ४०१ सिट पाउने देखिएको छ । विपक्षी कंग्रेसको नेतृत्वको गठबन्धन इन्डियाले १३१ देखि १६६ सिट पाउने देखिन्छ । केही सिट तलमाथि भएपनि अधिकांश एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीका एनडीए गठबन्धन स्पष्ट बहुमत पाउने देखाएको छ ।

इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ । सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ । रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ । जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ ।

Advertisement

पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ । यस्तै भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।

सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ । ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ ।

अन्य एक्जिट पोलहरुका पनि प्रक्षेपण सार्वजनिक भइरहेका छन् । एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन् । स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन । शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका थिए ।

निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । यसैबीच एक्जिट पोलहरुले नतिजाहरुको आँकलन सार्वजनिक गरिरहदा दिल्लीमा आम आदमी पार्टीका विधायक तथा नयाँ दिल्ली लोकसभा सीटका उम्मेदवार सोमनाथ भारतीले मोदीले ह्याट्रिक गरे आफुले टाउको मुडुलो पार्ने दाबी गरेका छन् ।

उनले अधिकाँश एक्जिट पोलले गरेको आकलनलाई झुटो बताएका छन् । एक्समामा पोस्ट गर्दै उनले भनेका छन्, “ मेरा शब्दहरु लेखेर राख्नुस्” ४ जूनमा सबै एक्जिट पोलहरु गलत साबित हुनेछन् र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्नेछैनन्” । भारतीले दिल्लीमा सबै सातैवटा सिटहरुमा इंडिया गठबंधनले बाजी मार्ने पनि दाबी गरेका छन् ।

उनले प्रधानमंत्री नरेंद्र मोदीको डरका कारण एक्जिट पोलमा उनलाई हराएको नदेखाइएको समेत भनेका छन् । भारतमा लोकसभाको निर्वाचन सम्पन्न भइसकेको छ । सात चरणमा गरेर ४४ दिनमा लोकसभाको ५४३ सिटमा भएको मतदान भएको थियो । यति बेला निर्वाचनको नतिजाको प्रतीक्षा भइरहेको छ । चुनावी नतिजा जुन ४ मा आउँदै छ ।

Tags: #भारतमा मोदी फेरि आउँछन् ?#मोदीको भाजपालाई बहुमत

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

World News: इजरेली मुटुमा इरानी मिसाइल,खाना माग्नेलाई ब*म,संकटमा थाक्सिन || Nepal Times

00:20:26

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.