रविमाथि अर्काे गम्भिर आरोप, समाचार नरोक्दा सिरोहिया पक्राउ ?

२४ जेठ ८१, शुक्रबार

२५ जेठ ,काठमाण्डौ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अर्काे गम्भिर आरोप लागेको छ । कान्तिपुर ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाले लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा आफ्ना बुवा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्। ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो,’ उनले भिडियोमार्फत् भनेका छन्, ‘उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नुभएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।’

Advertisement

सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताए । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको दाबी छ । ‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मँदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो,’ उनले भनेका छन् ।

कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी किसिमको नागरिकता पाएका भनेर भ्रम फैलाइएको सम्भवले बताए ।‘कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरीको नागरिकता पाएका छन् । उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गर्नुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिसक्नुभएको थियो। यति सामान्य कुरालाई के–के न जस्तो हल्ला गरियो,’ उनले भनेका छन्।

Advertisement

प्रहरीले नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ गरेको थियो । कैलाशलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top