Nepal Times
Nepal Times
3
Shares

राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा को को भए निर्वाचित ?

राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा को को भए निर्वाचित ?

२६ जेठ, एजेन्सी ।

डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूले जनवरी १, २०२५ मा आफ्नो नयाँ जिम्मेवारी लिनेछन् । डिसेम्बर ३१, २०२६ सम्म सेवा गर्नेछन् । पाँचै उम्मेदवार निर्विरोध भएका थिए ।

मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा गरेका थिए । नवनिर्वाचित सदस्यहरूले इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्डका निःवर्तमान अस्थायी सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन् । उम्मेदवारले उम्मेदवारी दिए पनि वा नगरे पनि सुरक्षा परिषद्को अस्थायी सिट सुरक्षित गर्नका लागि महासभाको बैठकमा उपस्थित र मतदान गर्ने राष्ट्रसंघका दुई तिहाइ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त गर्नुपर्छ ।

सबै १९३ सदस्य राष्ट्रहरू उपस्थित भएका थिए । मतदान गरेमा एक सिट जित्न न्यूनतम १२९ मतहरू आवश्यक पर्दछ । सदस्य राष्ट्रहरूले मतदान नगर्ने मानिन्छ । बिहीवारको मतदानमा, पानामाले १८३ मतहरू पायो । अन्य चार देशले पनि सहज जित निकाले । नवनिर्वाचित सबै पाँच सदस्यहरूले यसअघि सुरक्षा परिषद्मा काम गरिसकेका छन् ।

पाकिस्तानले ७ पटक, पानामाले ५ पटक, डेनमार्कले ४ पटक, ग्रिसले दुईपटक र सोमालियाले एक पटक सेवा दिएको थियो । सुरक्षा परिषदमा १५ सदस्य छन्, जसमध्ये पाँच स्थायी छन् । बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका स्थायी हुन् । पाँच नवनिर्वाचित देशहरूले अफ्रिका, एशिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन, र पश्चिमी युरोपेली र अन्य समूहहरूको प्रतिनिधित्व गर्दछ ।

पूर्वी युरोपको समूहले यस वर्ष प्रतिष्पर्धा गरिरहेको छैन। सुरक्षा परिषदलाई संयुक्त राष्ट्र संघको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने काउन्सिलले कानूनी रूपमा बाध्यकारी निर्णय गर्नसक्छ र प्रतिबन्ध लगाउने र बल प्रयोग गर्ने अधिकार दिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.